माउण्ट एभरेष्ट स्पोर्टिङ क्लबको सातौ महाधिवेशन आगामी १० अगष्टमा


कुवैत नेपालडटकम

बिगत लामो समय देखी कुवेतको नेपाली समाजमा कृयाशिल रहँदै आएको संस्था माउन्ट एभरेष्ट स्पोर्टिङ क्लब, काठमाण्डौ-कुवेतको सातौ महाधिवेशन यही अगस्त महिनाको १० तरिक बिहिबार कुबेत कुबेत फर्वानिया सिटी स्थित अल हाइतम रोयल रेस्टुरेन्टमा हुने भएको छ | आज बसेको क्लबको मासिक बैठकले केही महत्वपूर्ण बिषयमा छलफल गर्दै आगामी १० अगष्टमा महाधिवेशन गर्ने तय गरेको हो । कुवेत नगरिमा पुरानो तथा बिशेषगरी खेलकुद क्षेत्रलाइ अगाड़ी बढाउँदै बिभिन्न सामाजिक कार्यमा समेत सरिक हुदै आएको संस्था माउन्ट एभरेष्ट स्पोर्टिङ क्लबको आगामी अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । क्लवका अनुसार, आगामी नेतृत्व अझ सशक्त रुपमा अगाडि बढ्दै आफ्नो कार्ययोजना सफल पार्ने छ । क्लवको नयाँ नेतृत्वको लागि को-को प्रतिश्पर्धामा छन त भन्ने सवालमा क्लवले भनेको छ, “कसैले प्रतिश्पर्धा गर्ने छैनन् जुन संस्था प्रति इमान्दार र स्वच्छ छवि भएको र संस्थालाई आत्मसात गर्दै अगाडि बढाउन सक्षम छ त्यस्तो ब्यक्तित्व नै नयाँ नेतृत्वमा सर्व-सहमतिमा चुनिने छ ।

सातौ अधिवेशन अगस्ट १० गते बिहिबार २०१७ कुबेत फर्वानिया सिटी स्थित अल हाइतम रोयल रेस्टुरेन्टमा बेलुकी ६ बजेबाट सुरु हुने जानकारी माउन्ट एभरेष्ट स्पोर्टिङ क्लबले दिएको छ साथै कुवेतको नेपाली समाजमा कृयाशिल सघ-सस्थाका प्रतिनिधिहरुलाई उपस्थितिको लागि अनुरोध गरेको छ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )