Daily Archives: 12/07/2017

गायक डोलराज न्यौपाने को तिज गित “कदमको छायाले”म्यूज़िक भिडीयो यूट्यूब मार्फ़त सार्वजनिक


कुबेत नेपालडटकम  

प्रबासमा रहेर पनि नेपाली संगीत क्षेत्रमा चम्किलो ताराको रुपले चर्चामा आउदै गरेका सांगीतिक क्षेत्रमा निकै संर्घषशिल, मेहनेती र मिलनसार सुरीलो स्वरको मिठासपन, मार्मिक शब्दका भावनाहरु अनि संवेदनाका रुपमा स्थापित बन्न सफल गयाक डोलराज न्यौपाने को कदम को छायाले बोलको गितको म्यूज़िक भिडीयो यूट्यूब मार्फ़त सार्वजनिक भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

संविधान संशोधन रोकेर चुनावमा आउन राजपा सकारात्मक


एमाले र राप्रपाका कारण सरकार पछि हट्यो
२८ असार, काठमाडौं । दुई तिहाई बहुमत नपुग्ने भएपछि संविधान संशोधन विधेयक अघि नबढाइने भएको छ । अब राजपाका अन्य मागहरुलाई सम्बोधन गरेर उसलाई चुनावमा ल्याउने गृहकार्यमा सरकार जुटेको छ । सत्तारुढ कांग्रेस र माओवादी केन्द्रले मन्त्रिपरिषद् विस्तार रोकेर संशोधन विधेयक अघि बढाउने गृहकार्य थालेका थिए । तर, प्रमुख विपक्षी एमालेले सहमति जनाएन । र, राप्रपाको अन्तरविरोध पनि हल भएन, जसले गर्दा संविधान संशोधन प्रस्तावमा दुई तिहाई बहुमत नपुग्ने अवस्था देखियो । पढ्नेक्रम जारी राख्नुहोस्

विदेशमा मृत्यु भएका नेपालीका परिवारलाई अब ७ लाख क्षतिपूर्ति


बीमासहित २० लाख नाघ्यो, कार्यान्वयन हुँदै प्रचण्डको योजना
रविन्द्र घिमिरे
२८ असार, काठमाडौं । अब वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका मृतकका परिवारले थप ४ लाख रुपैयाँ पाउने भएका छन् । सरकारले अहिले ३ लाख रहेको मृतकका परिवारले पाउने क्षतिपूर्तिबापतको रकम ७ लाख रुपैयाँ बनाएको हो । मन्त्रिपरिषदले ३ लाखको क्षतिपूर्ति रकमलाई बढाएर ७ लाख बनाउने निर्णय गरिसकेको छ । यसै साताभित्र यो निर्णय राजपत्रमा प्रकाशित हुने वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले बताए । पढ्नेक्रम जारी राख्नुहोस्

बजेट सक्न विदेश


मकर श्रेष्ठ, अव्दुल्लाह मियाँ, होम कार्की,
असार २८, २०७४- विपन्नको हितमा खर्चनुपर्ने रकम दुरुपयोग गर्दै कतिपय अधिकारी अहिले विदेशमा घुमफिर गरिरहेका छन् भने कति फर्किइसकेका छन् । कतिपय जाने तयारीमै छन् ।बेरोजगार युवालाई सीपमूलक तालिम प्रदान गरी स्वरोजगार तथा उद्यमी बनाउन एसियाली विकास बैंक (एडीबी) ले दिएको अनुदानको ८० लाख रुपैयाँभन्दा बढी खर्चेर शिक्षा मन्त्रालयले उच्च अधिकारीहरूलाई हङकङ र अस्ट्रेलिया भ्रमणमा पठाउँदै छ । पढ्नेक्रम जारी राख्नुहोस्