भोजपुर सेवा समाज कुवेतद्वारा दुई विद्यालय र एक क्यान्सर पीडितलाई एकसाथ आर्थिक सहयोग


कुबैत नेपालडटकम

जुलाई ११, कुवेत । भोजपुर सेवा समाज कुवेतले साल्पा सिलिचोङ ५ मा अवस्थित श्री लक्ष्मी साल्पा आधारभुत बिध्यालयलाई विध्यालयको जिर्ण अवस्थाको सुधारका लागि १ लाख तीन रुपैयाँ, रेटिना ब्लास्टोमा (आखाँ क्यान्सर) पीडित साल्पा सिलिचोङ वडा नं. ७ दोभाने निवासी लाक्पा शेर्पा तथा आङपसी शेर्पाका ४ वर्षिया छोरी वाङ्मु शेर्पालाई उपचार सहयोगको निम्ति २२ हजार ५ सय साठी रुपैयाँ र भोजपुर नगरपालिका १२, पुरानो डबली, टक्सार अवस्थित आदर्श शिशु प्राविलाई छात्रबृत्तिको निम्ति अक्षयकोष स्थापनार्थ ११ हजार १ सय एघार रुपैयाँ एकसाथ आर्थिक सहयोग पठाएको छ ।

माथि उल्लेखित विध्यालयहरु र क्यान्सर पीडितका सहयोगको निम्ति भोजपुर सेवा समाज कुवेत समक्ष आर्थिक सहयोगको लागि अनुरोध सहितको पत्र प्राप्त भएको कारण उक्त आर्थिक सहयोग संस्थाको कोष तथा अन्य सहयोगिहरुबाट आर्थिक सहयोग संकलन गरी एकमुष्ठ रकमलाई अवस्था हेरी छुट्याई पठाईएको भोजपुर सेवा समाज कुवेतका अध्यक्ष कोशराज राईले परदेशी खबरलाई जानकारी गराएका छन् ।

दुईवटा सहयोग रकमहरु साल्पा शेर्पा किदुकको अध्यक्ष ग्याल्जेन शेर्पाको नाममा पठाईएको रकम ग्याल्जेन शेर्पाले साल्पा सिलिछो ५ स्थित बिध्यालय क्यान्सर पीडित सहयोग संकलक तथा पत्रकार डोमा शेर्पालाई हस्तान्तरण गर्नुहुने छ । त्यसैगरी भोजपुर नगरपालिका १२, पुरानो डबली, टक्सार अवस्थित आदर्श शिशु प्राविलाई छात्रबृत्तिको निम्ति अक्षयकोष स्थापनार्थ पठाईएको ११ हजार १ सय एघार रुपैयाँ भने समाजका पूर्व सचिव हेमराज भण्डारीले हस्तान्तरण गर्ने गरी उनको नाममा पठाईएको समाजका सचिव पासाङ ङिमा शेर्पाले जानकारी गराएका छन् ।

सहयोग गर्न साथ दिनु भएका सँस्थाहरु:
१, भोजपुर सेवा समाज कुवेत – १०१ केडी (ने.रु. ३४,३४०)
२, गैर आवसिय नेपाली संघ (एनआरएनए) /राष्ट्रिय समन्वय परिषद (एनसीसी) कुवेत – १०१ केडी (ने. रु. ३४,३४०)
(३) किरात राई यायोखाको अधिवेशनमा सहयोग रकम संकलनबाट – ६७.७५० केडी ( ने. रु. २३,०३५)

सहयोगी हातहरु:
१, कुशाङ शेर्पाले उहाँ कार्यरत कम्पनीको क्याम्पमा सहयोग रकम संकलनबाट – ७६.७५० के.डी. (ने.रु.२६,०९५)
२, डेन्डी शेर्पा = १० केडी
३, लाक्पा शेर्पा= १० केडी
४, लाक्पा दोर्जी शेर्पा = १० केडी
५, दल मान तामाङ = १० केडी
६, कुशाङ शेर्पा= १० केडी
नोट: ( १० केडी बराबर – ने रु ३,४००)

अन्तमा भोजपुर सेवा समाज कुवेतले आर्थिक सहयोग तथा यस अभियानमा प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग गर्नुहुने सबैलाइ स धन्यवाद आभार ब्यक्त गर्द छ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )