खाडी संकट हटाउन अमेरिका, बेलायत र कुवेतद्वारा आव्हान


कतारले क्षतिपूर्ति दाबी गर्ने
असार २७, २०७४- अमेरिका, बेलायत र कुवेतले एक महिनादेखि खाडीमा देखिएको कूटनीतिक संकट वार्ताको माध्यमबाट तत्काल हटाउन सम्बन्धित पक्षलाई आव्हान गरेका छन् ।आतंकवादलाई सहयोग गरेको भन्दै साउदी अरबको नेतृत्वमा संयुक्त अरब इमिरेट्स, बहराइन, इजिप्टलगायत देशले जुन ५ देखि कतारसँग कूटनीतिक सम्बन्ध विच्छेद गर्दै हवाई, जल र स्थल नाकाबन्दी गरेका थिए । कुवेती समाचार एजेन्सीका अनुसार अमेरिकी सचिव रेक्स टेलीर्सन, बेलायतका राष्ट्रिय सुरक्षा सल्लाहकार मार्क सिडविलले कुवेती अधिकारीहरुलाई भेटेपछि यो आव्हान आएको हो । खाडीको संकट हटाउन कुवेतले मध्यस्ता खेल्दै आएको छ ।

अमेरिकी सचिव टेलीर्सन पनि ती देशहरुसँग वार्ता गर्नको लागि खाडी आइपुगेका थिए । उनले कुवेतबाट वार्ता थालेका छन् । उनले कुवेतका अमिर र परराष्ट्रमन्त्रीसँग पछिल्लो बद्लिँदो अवस्थाको विषयमा छलफल गरेका छन् ।

कतारलाई नाकाबन्दी गर्ने ती देशहरुले अन्तर्राष्ट्रिय कानुनी परिधिभित्र रहेर थप निर्णेय गर्न लागिएको बेला अमेरिका, बेलायत र कुवेत मिलाउनको लागि आफ्नो भूमिका निर्वाह गर्न थालेका छन् ।
नाकाबन्दी गरेर साउदी, बहराइन र युएईले २०१३ र ०१४ मा भएको रियाद सम्झौतालाई कतारले उल्लं‍घन गरेको जनाएको छ । ती सम्झौताका विषयवस्तुहरु भने सार्वजनिक गरिएको छैन । कतारसँग माग गरिएका १३ वटा बुँदामध्ये अधिकांश रियाद सम्झौता अनुसार रहेको बताइएको छ ।

त्यसै गरी कतारले नाकाबन्दीपछि आफ्नो देशको आर्थिक क्षेत्रमा पुगेको भन्दै क्षतिपूर्ति माग्ने भएको छ । ती देशसँग क्षतिपूर्ति माग्नको लागि कतारले ‘क्षतिपूर्ति दाबी समिति’ बनाएको छ । यस समितिमा नोक्सान ब्यहोरेका कम्पनी वा ब्यक्तिले उजुरी दिन पाउने कतार राष्ट्रिय मानव अधिकार समितिले जनाएको छ ।

(कान्तिपुर )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )