राजपाले ब्युँतायो ‘बहुराष्ट्रिय राज्य’


आर्यखस, जनजाति र मधेसी गरी तीनवटा राष्ट्रियता’
‘केन्द्रमा सहशासन र प्रदेशमा स्वशासन’
– बसन्त बस्नेत, काठमाडौं

असार २६, २०७४- मधेसी मोर्चाले सरकारसँग वार्ताका क्रममा स्थगित गरेको बहुराष्ट्रिय राज्यको माग राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले फेरि औपचारिक रूपमा ब्युँताएको छ । निर्वाचन आयोगमा दल दर्ताका लागि आवेदनका क्रममा राजपाले बुझाएको अन्तरिम विधानमा बहुराष्ट्रिय राज्यको माग राखिएको छ ।

अध्यक्षमण्डलबाट पारित विधानको पहिलो वाक्यमै ‘नेपाल एक विविधतायुक्त, बहुराष्ट्रिय, बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक पहिचान भएको मुलुक’ भनिएको छ । विधानकै अर्को खण्डमा लेखिएको छ, ‘एकताबद्ध भएका ६ पार्टीको एकतालाई मूर्त रूप दिन, तिनको स्वामित्वलाई ग्रहण गर्दै एकताको मूल मर्म(भावना एकीकृत रूपमा विकसित गर्ने र देशको सार्वभौमिकता, एकता, बहुराष्ट्रियता जोगाउन सधैं प्रयत्नशील रहने उद्देश्य राखी राजपा स्थापना गर्नुपर्ने आवश्यकता महसुस गरिएको छ ।’

राजपाले आर्यखस, जनजाति र मधेसी गरी तीनवटा राष्ट्रियता रहेको तर्क गरेको छ । तर ठूला दलले बहुराष्ट्रियताको नाराले मुलुक विखण्डनमा लैजाने उल्लेख गर्दै त्यो अवधारणा घातक रहेको दाबी गरेका छन् । उनीहरूले राष्ट्रियताको पश्चिमा परिभाषा र नेपालको राष्ट्र निर्माण एकै किसिमको नरहेको भन्दै यो माग छाड्नुपर्ने वकालत गर्दै आएका छन् ।

१५ कात्तिक २०७२ मा ठूला तीन दललाई बुझाएको ११ बुँदे मागपत्रको अन्तिम बुँदामा तत्कालीन मधेसी मोर्चाले यो माग अघि सारेको थियो । तत्कालीन उपप्रधानमन्त्री तथा सरकारी वार्ता टोली संयोजक कमल थापा, कांग्रेस नेता रामचन्द्र पौडेल र एमाले उपाध्यक्ष भीम रावललाई बुझाइएको उक्त मागपत्रमा भनिएको थियो, ‘नेपाललाई एकल राष्ट्रिय राज्यका रूपमा नभई बहुराष्ट्रिय राज्यका रूपमा परिभाषित गर्नुपर्ने ।’ यो ११ बुँदे माग नै मधेसकेन्द्रित दलहरूले सरकारसमक्ष पेस गरेको र हालसम्म विचाराधीन रहेको औपचारिक डकुमेन्ट हो । त्यही वर्ष माघ पहिलो साता चलेको तीन दल(मोर्चा कार्यदलस्तरीय वार्तामा सहमतिको मिलनविन्दु खोज्ने क्रममा मोर्चाले यो माग छाडेको थियो ।

‘त्यसबेला यो माग स्थगित गरे पनि छाडेका थिएनौं, सहमतिका लागि दुवै पक्षले केही न केही गिभ एन्ड टेक गर्नैपर्ने अवस्थामा हामीले त्यस्तो गरेको हो,’ राजपाका एक नेताले भने, ‘तर सरकार सहमतिमा आउन तयार नभएपछि राजनीतिक अडानका रूपमा यो उठाउनु हाम्रो कर्तव्य र अधिकार दुवै हो ।’

राजपा नेता महन्थ ठाकुरले मधेस आफ्नै जनसंख्या, भूगोल, भाषा आदिका कारण छुट्टै राष्ट्र बन्ने ‘क्राइटेरिया’ पुगिसकेको भनी बताउने गरेका छन् । अघिल्लो असार ६ गते नवलपरासीको रामग्राममा आयोजित तत्कालीन तमलोपाको पहिलो महाधिवेशनमा आमन्त्रित कांग्रेस सभापति शेरबहादुर देउवालाई लक्षित गर्दै उनले भनेका थिए, ‘मधेसलाई हेप्ने र जिस्काउने काम बन्द गर्नुहोस्, हामीले अलग राष्ट्र बन्ने क्राइटेरिया पुर्‍याइसकेका छौं ।’ तर ठाकुरले यसलाई अलग राष्ट्र निर्माणको विखण्डनवादी माग भनी बुझ्न नहुने प्रस्टीकरण दिँदै आएका छन् ।

राजपाले आफ्नो घोषणापत्रमा केन्द्रमा सहशासन र प्रदेशमा स्वशासनको नारा दिएको छ । ‘राष्ट्रिय जनता पार्टी नेपाल संघीय शासनलाई सहशासन र प्रादेशिक शासनलाई स्वशासनका रूपमा पारिभाषित गरेको छ । सबै प्रदेशलाई आ(आफ्नो प्रदेशको मामिलामा स्वायत्तता प्राप्त हुने अधिकार हुनुपर्छ,’ शुक्रबार आयोगलाई बुझाइएको घोषणापत्रमा भनिएको छ, ‘मुद्रा, प्रतिरक्षा र विदेश मामिलाको अतिरिक्त सम्पूर्ण अधिकार प्रदेशको अधिकारको सूचीमा पर्नुपर्छ । यो पार्टी स्वायत्ततालाई एकीकृत देशभित्र प्रादेशिक शासनलाई सबल, सक्षम, आत्मनिर्भर बनाउने अधिकारका रूपमा पारिभाषित गर्न चाहन्छ ।’

मधेसकेन्द्रित दलहरूले बहुराष्ट्रियताको नारा उचाल्न थालेपछि तत्कालीन सत्तारूढ दल एमालेले २०७२ मंसिर २१ गते चितवनमा कार्यकर्ता भेला गर्दै त्यसको विरोध गरेको थियो । महासचिव ईश्वर पोखरेलले बहुराष्ट्रियताको नारा नेपालका लागि घातक रहेको प्रतिवेदन नै पेस गरेका थिए । ९ साउन २०७३ मा प्रधानमन्त्रीबाट राजीनामा दिँदै केपी ओलीले संसद्मा सम्बोधनका क्रममा भनेका थिए, ‘नेपाललाई बहुजातीय होइन, बहुभाषिक होइन, बहुसांस्कृतिक होइन अर्कै ढंगले व्याख्या गर्न खोज्ने, जसभित्र बेग्लै मनसाय छ, त्यस फरक मनसायलाई ‘बहुराष्ट्रिय’ नाममा प्रकट गरिन्छ र त्यसलाई, ती विविधतालाई, ती भिन्नतालाई अलग-अलग ‘राष्ट्र’ या ‘राष्ट्रियता’ ठान्ने र त्यसैलाई प्रदेश निर्माणको आधार बनाउनेजस्ता कुराप्रति यदि संकेत गर्नुभएको हो भने म स्पष्ट भन्न चाहन्छु- ‘यो गलत हुन्छ र यस्तो कुरालाई स्वीकार गर्न सकिँदैन ।’

धर्मनिरपेक्षता’bout मौन
राजपाले संविधानमा उल्लेख धर्मनिरपेक्षता’bout मौनता साधेको छ । पार्टी घोषणापत्रको १६ औं बुँदामा राजपाले ‘धार्मिक स्वतन्त्रता’ शीर्षकमा लेखेको छ, ‘यो पार्टी धर्मलाई व्यक्तिगत आस्थाको विषयका रूपमा स्वीकार गर्दछ । अत: प्रत्येक व्यक्तिलाई आफूले रोजेको धार्मिक आस्था र मतअनुसारको धार्मिक स्वतन्त्रताको उपयोग र उपभोग गर्न पाउने अधिकार सुरक्षित रहनुपर्छ ।’ यसअघिको विधानमा उल्लेखित धर्मनिरपेक्ष भन्ने शब्द’bout भने राजपाले प्रस्ट पारेको छैन ।

(कान्तिपुर )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )