कुवेतमा २३ औ विश्व आदिवासी दिबस बिभिन्न साँस्कृतिक साथ ११ अगष्टमा मनाईंदै


कुबेत नेपाल डटकम

१० जुलाई कुबेत,नेपाल आदिवासी जनजाति महासंघ को प्रबास शाखा नेपाल आदिवासी जनजाति महासंघ कुवेतले यहि आउदो ११ अगस्ट मा नेपाल आदिवासी जनजाति महासंघका पुर्ब महासचिव तथा जनजाती अन्दोलनका अभियान्ता आङ काजी शेर्पा को प्रमुख अतिथ्यमा २३औ बिस्व आदिवासी दिबस मनाईने भएको छ ।

विश्वभरका आदिवासी जनजाती एक हौ, आजको आवश्यकता भनेको हाम्रो एकता र हाम्रो एकता भनेको हाम्रो सहभागीता अनी आफ्नो धर्म, लिपी, भेषभुषा, कला र संस्कृतिलाई सम्मान गरियोस् भन्ने मागका साथ विश्वभरका आदिवासीहरुले आदिवासी दिवस भब्य रुपले मनाउने गरेको पाईन्छ ।

विश्व आदिवासी दिवस अगष्ट ९ तारिख परेता पनि यहाँको परिस्थिति अनुकुल अगष्ट ११ तारिख पर्ने भएकोले सोहि दिन कार्यक्रम गर्ने निर्णय भएको हो, उक्त कार्यक्रमलाई सम्बोधन गर्न नेपालबाट नेपाली जनजाती समुदायका प्रखर अभियान्ता तथा अन्दोलनका अभियान्ता आङ काजी शेर्पा कुबेत आउनुहुने भएकोछ।

कार्यक्रम लाई थप मनोरन्जन को लागि कुवेतका बिभिन्न जनजाती संस्थाहरुले आ-आफ्नो पहिचान झल्कने गीत, नृत्य, झाकी र अन्य साँस्कृतिक प्रस्तुतिहरु गर्ने गरी रंगी बिरंगी सांस्कृतिक कार्यक्रम हुनेछ। यस अवसरमा कुवेतमा क्रियाशील नेपाली सम्पूर्ण संग सस्था पत्रकार, समाजसेवी, बुद्दिजिबी, नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई सहभागी भई मनोरञ्जन लिन नेपाल आदिवासी जनजाती महासंघ कुबेत हार्दिक निमन्त्रणा गर्दछ।

कार्यक्रम: २३ औ विश्व आदिवासी दिवस
मिति: अगष्ट ,११ ,२०१७ शुक्रबार
समय: दिनको ठिक १२ बजे देखी
स्थान:जिलिव वेडिङ हल कुवेत
आयोजक: आदिवासी जनजाति महासंघ कुवेत

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )