खोटांङ कुवेत सम्पर्क मंचको बार्षिक उत्सव तथा अधिवेशन सम्पन्न, अध्यक्षमा प्रेम कटवाल


कुबेत नेपालडटकम

जुलाई ८,कुवेत कुवेतको नेपाली समाजमा परिचयात्मक बातावरणको सिर्जना गरी सामाजिक सदभाव बढाउने र अन्य नेपाली समाजसँग सहकार्य गर्दै अगाडि बढ्ने उद्देश्य लिएर स्थापना भएको खोटांङ कुवेत सम्पर्क मंच कुबेत को हिजो जिलिब स्थित रिदम हलमा सम्पन् मन्चको छैटौँ वार्षिक उत्सव तथा चौथौ अधिवेशन भएको छ। साथै अध्यक्षमा प्रेम कटुवाललाई सर्वसहमतीम चयन गरेको छ ।
भाषा अनि संस्कृतिमा बिबीधता, विकाश निर्माणमा हाम्रो ऐक्यबद्धता” भन्ने मूल नाराका साथ खोटाङका बिभिन्न भू-भागहरुबाट आएका खोटाङ जिल्ला बासीहरु मिलेर नि:स्वार्थ भावना बोकेर सन् २०११ मा स्थापना गरेको खोटाङकुवेत सम्पर्क मञ्चले कुवेतका संघ संस्थाहरुसँग हातेमालो गर्दै सक्रियताको साथ लागेर संस्थाले मानव जीवनको चौतर्फी विकाशको लागि शिक्षा, स्वास्थ्य, र खेलकुद क्षेत्रमा पनि उत्तिकै चासो दिदै गृह जिल्ला तथा गैर जिल्लामा विभिन्न खालका अप्ठ्यारामा परेकाहरुलाई आफ्नो क्षमता र पहुँचले सक्नेसम्म आर्थिक नैतिक र भौतिकरुपले सहयोग सहयोग गर्दै आईरहेको छ l

मञ्चका निवर्तमान अध्यक्ष मन्जित राईको सभापतित्वमा गरिएको कार्यक्रममा प्रमुख अतिथिमा नेपाली दूतावास कुवेतका द्वितीय सचिव ज्ञानबहादुर मगर र बिशेष अतिथिहरुमा परदेशी खबरका प्रमुख कार्यकारी सम्पादक कोशराज राई, जिफन्ट सपोर्ट ग्रुपका अध्यक्ष अर्जुन बस्नेत, तमु समाज कुवेतका अध्यक्ष खोप गुरुङ, कुवेत नेपाल डटकमका प्रधान सम्पादक जय आलेमगर, तामाङ घेदुङ कुवेतका अध्यक्ष अमृत तामाङ एवं समाजसेवीहरुमा ठाकुर प्रसाद पाण्डे र भुवन बस्नेत थिए भने कार्यक्रम संचालकमा संयुक्तरुपमा संस्थाका सल्लाहकार रमेश किराती (चट्याङ) र उपाध्यक्ष नैनकला राईले गरेका थिए l कार्यक्रममा अतिथिहरुलाई स्वागतका लागि मञ्चका उपाध्यक्ष केदार आले मगरले मन्तब्य दिएका थिए ।

कार्यक्रमलाइ अगाडी बढाउदै दिप प्रज्वलनमा सभापति, प्रमुख अतिथि, बिशेष अतिथिहरु र विशिष्ट ब्यक्तित्वोहरुले संयुक्तरुपमा दिप प्रज्वलन गरे लगत्तै कार्यक्रम शुभकामना मन्तव्यका साथ अगाडी बढाएको थियो l शुभकामना मन्तव्यमा प्रमुख अतिथि द्वितीय सचिव ज्ञानबहादुर मगर र संघ संस्थाका प्रमुख/प्रतिनीधहरु अर्जुन बस्नेत , कोशराज राई, आले, नारायण पोख्रेल, अमृत तामाङ, दिल पाख्रिन, मधु मगर, खोप गुरुङ, माया साम्पाङ राई लगाएतले दिएका थिए l

कार्यक्रमको बीच-बिचमा नृत्य, गायन,हास्यव्यंग्य र साहित्यिक जस्ता प्रस्तुतिहरुले मनोरञ्जन दिलाउने क्रममा किराँत राई यायोक्खाका कलाकारहरुले आफ्ना मौलिक भेषभूषामा सजिएर साकेला सिली झाँकी प्रस्तुत गरेका थिए भने एकल नृत्यमा नेहा राई, माया राई र सौगात राई साथै गित प्रस्तुति सबिन दुमी राई र यदुराज राईलेदिएका थिए ।

साहित्यमा गजल वाचनमा अमर खड्का र हास्यव्यंग्य कलाकारमा देवान खड्काको प्रस्तुतिले मनोरंजन दिलाएको थियो l यसै क्रममा प्रतिवेदन पेशमा संस्थाका सल्लाहकार रेवती भट्टराईले प्रस्तुत गरेका थिए lमञ्जले विभिन्न तह र तप्काबाट सहयोग गर्ने व्यक्ति बिशेषहरुलाई सम्झने क्रममा सम्मान कार्यक्रम तथा कदर पत्र वितरणमा मिडिया ग्रुपलाइ र सहयोगी संस्था र संस्थाका सदस्यहरुलाई कदर पत्रले सम्मान गरेको थियो भने बिदाई कार्यम्रममा संस्थाका सलाहकार रेवती भट्टराई र संस्थाका सक्रिय सदस्य श्याम गुरुङलाइ मायाको चिनो स्वरुप कदर पत्र र खादाले प्रमुख अतिथि द्वितीय सचिव ज्ञान बहादुर मगर र संस्थाका निवर्तमान अध्यक्ष मन्जित चाम्लिङ राईको हातबाट सम्मान गरिएको थियो lकेदार आले मगरबाट सुन्तले प्राविको लागि सहयोगीहरु मिडिया र सहयोगी संघ संस्थाहरुलाई सम्मान पत्र वितरण गरेको थियो l

नयाँ कार्य समितीको नामावली

सल्लाहाकार समिति
1. सस्थापक/संरक्षक – मन्जित राई
2. सस्थापक /सल्लाहाकार- चन्द्र तमाङ
3. बरिष्ठ सल्लाहाकार- रेवती भट्टराई
4. बरिष्ठ सल्लाहाकार- अमीत चाम्लिङ
5. सल्लाहाकार- खड्ग कटवाल
6. सल्लाहाकार- रमेश किराँती (चट्याङ)

कार्यकारिणी समिति

१. अध्यक्ष- प्रेम कटवाल
२. उपाध्यक्ष- केदारकुमार मगर
३. उपाध्यक्ष- नैनाकला राई
४. मोहन नाछ्रीङ राई
५. महासचिव- जितबहादुर खड्का
६. सचिव- बिष्णुप्रसाद भट्टराई
७. सहसचिव- शुनिता रुपाबुङ राई
८. कोषाध्यक्ष- लाल बहादुर गुरुङ
९. सहकोषाध्यक्ष- सुजाता पुमा राई
१०. संगठन बिभाग प्रमुख- दिनेश श्रेष्ठ
११. संचार प्रमुख- युवक राई
१२. खेलकुद प्रमुख – पन्चु राई
१३. युवा प्रमुख – प्रकाश चाम्लिङ राई
१४. युवा उप-प्रमुख – उमेश राई
१५. कलाकार प्रमुख- सविन दुमि राई
१६. कलाकार उप-प्रमुख- गणराज राई
१७. कलाकार उप-प्रमुख- यदुराज राई
१८. प्रचारप्रसार बिभाग प्रमुख – युवराज राई

सदस्यहरु

१९ बरिष्ठ सदस्य- नीरबहादुर राई
२१ बरिष्ठ सदस्य- स्याम गुरुङ
२२ बरिष्ठ सदस्य- जगत राना मगर
२३ बरिष्ठ सदस्य- मानबहादुर मगर
२४ बरिष्ठ सदस्य- दिपेन दाहाल
२५ बरिष्ठ सदस्य- सन्तोष भट्टराई
२६ बरिष्ठ सदस्य- देवान खड्का
२७ बरिष्ठ सदस्य- गोबिन्द पोखरेल

२८ बरिष्ठ सदस्य- बाबुराम बिष्ट
२९ बरिष्ठ सदस्य- पुरुषोत्तम दहाल
३० बरिष्ठ सदस्य- बम बहादुर खड्का
३१ महिला सदस्य- सुजाता खड्का
३२ महिला सदस्य- बिष्णु नाछ्रीङ राई
३३ महिला सदस्य– अनिता खालिङ रई
३४ महिला सदस्य- कुमारी राई
३५ सदस्य- कबिन कटवाल
३६ सदस्य- धनकुमार धिमाल
३७ सदस्य- दुर्गाबहादुर कटवाल
३८ सदस्य- विशाल मिश्र
३९ सदस्य- बागधन चाम्लिङ राई
४० सदस्य- प्रकाश थुलुङ राई
४१ सदस्य- राम थापा मगर
४२ सदस्य- टीकाराम मुग्राती
४३ सदस्य- पर्वत चाम्लिङ राई
४४ सदस्य- अनिल पुमा राई
४५ सदस्य- मनि चाम्लिङ राई
४६ सदस्य- नर बहादुर नेपाली
४७ सदस्य- सुब्बल चाम्लिङ
४८ सदस्य- सरबहादुर राई
४९ सदस्य- रमेश राई
५० प्रदिप राई
५१ विवस राई
५२ नवराज कटुवाल
५३. दिपक केसी
५३. बैजन्ति राई
५४ बिर्बल तामाङ
५५ सुन्दर राई
५६ रसिला राई

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )