स्तन क्यान्सर पीडित पदमा तामाङ लाई नयाँ शक्ति कुवेतको पहलमा सहयोग


कुबेत नेपालडटकम

बिगत ६ महिना देखि जय बुद्ध स्वास्थ्य बिज्ञान प्रतिष्ठान मा उपचार गराई रहेकी मोरङ ३ ईन्द्रपुर बिराट चोक निबासी २९ बर्षे पदमा तामाङ भक्त बहादुर तामाङकि कान्छी छोरी हुन I बाबुआमा को निधन पछी कान्छी आमा संग बस्दै आएकी पदमा घरको आर्थिकस्तर नाजूक भएकाले करिब दुइ बर्ष कुवेत मा घरेलु कामदारको रुपमा काम गरि पछी साउदी गएकी थिइन I साउदीमा गएको करिब ६ महिना पछी बिमार भइ नेपाल फर्केकी पदमा स्थन क्यान्सर बाट पिडित भइ उपचार गराई रहेकी छन I अपरेशन पछी ७ ओटा केमु इन्जेक्सन लगाउनु पर्ने र प्रति इन्जेक्शन ३५ हजार को हिसाबले २ लाख ४५ हजारको आबस्यकता भएकाले र सम्बन्धित पक्षबाट सहयोगको अपिल भए बमोजिम अन्तरास्ट्रिय नेपाली समाज कुवेतको पहलमा ७५ हजार १० रुपैया संकलन गरि पिडितको नाम मा पठाई सकेको कुरा अन्तरास्ट्रिय नेपाली समाज कुवेतका अध्यक्ष निर्मल स्याङ्तान तामाङले जानकारी दिएका छन I
इन्जेक्शन समयमै लगाउनु पर्ने भएकाले उठी सकेको रकम पठाइएको र थप रकमको लागि कुवेतबाशी नेपाली हरुलाई सहयोगको अपिल गर्दै अध्यक्ष निर्मल स्याङ्तान तामाङले सहयोगी मन हरुलाई धन्यवाद दिदै फेरी पुर्ण सहयोग गर्न चाहनेहरु ५५५६०१६६ , ५५००१७६६ मा सम्पर्क गर्न अनुरोध गरेका छन I

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )