नयाँ शक्ति कुवेतद्वारा अन्तरक्रिया तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रम पर्शुराम तामाङ को प्रमुख आथित्यमा सम्पन्न


कुबेत नेपालडटकम

२०१७ जुन ३० कुवैत नयाँ शक्ति कुवेतको वैदेशिक शाखा संघठन अन्तरराष्ट्रिय नेपाली समाज कुवेत नयाँ शक्ति कुवेतले ले हिजो राजधानी होटल खैतान मा नेपाल बाट पल्नु भएको आदर्णीय नेता पर्शुराम तामाङ ज्यु को प्रमुख आथित्यमा कुवेतमा अन्तरक्रिया तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ

नयाँ शक्ति कुवेतद्वारा अन्तरक्रिया तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रम को निमत्रणालाई सहर्ष स्विकार गरेर पाल्नु हुने कुवेतको लागि नेपाली राजदुत माहमहिम यज्ञ बहादुर हमाल, गैर आवासिय नेपाली समाज कुवेतका अध्यक्ष अर्जुन तामाङ कुवैतमा रहेका प्राय अधिकांश संघ-संस्थाका अध्यक्ष तथा प्रतिनिधी लगायत, बुद्धिजिवी, भद्र भलाद्ममी, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी तथा नेकपा एमाले प्रति आस्था राख्ने कुवैतमा रोजगारीका सिलसिलामा आउनु भएका अधिकांश दाजु भाई तथा दिदीबहिनीहरुको उल्येख्य रुपमा उपस्थिती थियो ।

अन्तरक्रिया तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रम लाई सभापति, प्रमुख अतिथी र बिशेष आथितीहरुले संयुक्तरुप द्दिप प्रज्वलन गरि उदघाटन गर्नु भएको कार्यक्रम लाई जय नारयण माझी महासचिब र गुप्त गरै सचिबले सञ्चालन गर्नु भएको थियो । भने रेश्मा तमाङ ले स्वागत मन्तव्यद्वारा उपस्थित पाहुना तथा अतिथिगणलाई स्वागत गरेका थिए। यसै गरी कार्यक्रममा बिशेष अतिथि कुबेतका लागि नेपाली राजदुत यज्ञ बहादुर हमालले सवै राजनीतिक दल मिलेर जानु पर्ने बताउदै बर्तमान परिस्थितिमा कुबेतमा दक्ष कामदार कसरि ल्याउन सकिन्छ भनेर आफुले सवै तिर छलफल र अन्तरक्रिया गरिरहेको बताए भने एनआरएनए एनसिसी अध्यक्ष अर्जुन तामाङ, अ्मृत तमाङ तमाङ घेदुङ् कुवेत,मन कुमार गुइदेल -जन प्रगतीसिल मंच कुवेत,हरिकृष्ण न्योपाने -पत्रकार महासंघ मान बाहादुर डाङ्गी- insजीवन लावती लिम्बू – insऋषि केश थन्दार थारु – insछिरिङ्ग तमाङ- ins नारायण पोख्रेल – ins शुभकामना व्यक्त गरेका थिए।

अन्तरक्रिया तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रम लाई नेपाल बाट देखी पाल्नु भएका प्रमुख अतिथी परशुराम तामाङ लेआफ्नो मन्तब्य दिदै भन्नु भयो प्रजातान्त्रिक मूल्य मान्यता बोकेको नयाँ शक्ति पाटी विचार र सिद्घान्तलाई आत्मसात गर्दै हरेक नेपालीलार्इ एकताको सूत्रमा बाँधिराख्न सधै तत्पर रहनुपर्नेमा जोड दिनु पर्ने बताउनुभएको थियो । भने सबैले मिलेर सहकार्य र सहमतिमा काम गर्न सके देश केही बर्षमै बिकसित हुने बताउनु भयो। भने अन्तरक्रिया तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रम मा हिजो मात्रै नेपालीकांग्रेस,एमाले,माओवादी गरी जम्मा २५ जना नयाँ कार्यकर्ताहरु नयाँ शक्ति कुवेतमा प्रबेस गरेका थिए ।
कार्यक्रमलाई भब्य सफाल पर्नको लागि कुवेतस्थित बिभिन्न नेपाली सँघ-संस्था ब्यक्ती बिशेष ले सहयोग गरेका थिए। सहयोगी हातहरु नेपाल तमाङ घेदुङ कुबेत. मध्य पश्चिम समाज सेवा कुबेत,मगर सङघ कुबेत. सरोकार समाज, किरात राई योव्खा नेपाली कुबेत, फेमेली भान्छा घर, रमिता तामाङ , अन्लाईन मिडिय:१,कुबेत नेपाल डटकम: २,तितो पाटी/नेपाल कुबेत डटकम:३,परदेशीखबर डटकम:४,हाम्रो संचार डटकम:५,मरुभुमिको कोसेली छापा पत्रिका ६,डिसी नेपाल डटकम रहेको थियो।

अध्यक्ष निर्मल स्याङतानले सम्पन्न कार्यक्रम मा बोल्दै भन्नु भयो आफुलाई राय, सल्लाह, सुझाब र साथ् दिनु हुने अन्तरराष्ट्रिय नेपाली समाज कुवेत नयाँ शक्ति कुबेतका सवै जुझारु साथिहरु प्रति धन्यवाद व्यक्त गर्दै अन्तरक्रिया तथा कार्यकर्ता प्रशिक्षण लाई भव्यतापूर्वक सम्पन्न गर्न सहयोग गर्नु हुने, प्रमुख अतिथि सहित सबै प्रतिनिधि,पत्रकार , पर्यवेक्षक र शुभेच्छुकहरुलाईसवै लाई हार्दिक धन्यवाद दिएका थिए |

(फोटो :- प्रसाद तिम्सीना)

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )