Monthly Archives: जुलाई 2017

राधिका हत्या प्रकरणः प्रहरी हवल्दारलाई सर्वस्वसहित जन्मकैदको फैसला


१६ साउन, जाजरकोट । भेरी नगरपालिका–४ की राधिका सुनारको हत्यामा संलग्न प्रहरी हबल्दार कमल सुनारलाई जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको फैसला गरेको छ ।गोविन्द महरको जाहेरीले जबर्जस्ती करणीसहित कर्तव्य ज्यान मुद्दा लागेका कमल सुनारलाई आइतबार जिल्ला न्यायाधीश लीलाराज अधिकारीको इजलासले सर्वस्वसहित जन्म कैदको फैसला गरेको हो । पढ्नेक्रम जारी राख्नुहोस्

भरतपुरको निर्वाचन विवादमा पुन: मतदान गर्न सर्वोच्चको आदेश


कृष्ण ज्ञवाली, काठमाडौं
श्रावण १५, २०७४- सर्वोच्च अदालतले भरतपुर महानगरपालिका वडा नं १९ मा पुन: मतदान गर्न आदेश दिएको छ । न्यायाधीशद्वय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले फेरि मतदान गर्न निर्वाचन अधिकृतलाई निर्देशन दिने निर्वाचन आयोगको निर्णय सदर गरेको हो । साथै सर्वोच्चले मतदान र गणनास्थलमा विशेष सुरक्षा व्यवस्था गर्नसमेत सरकारको ध्यानाकर्षण गराएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

तमू समाज कुवेतलद्धारा पाचौ रक्तदान सेप्टेम्वर १५ मा गर्ने


कुबेत नेपालडटकम

३१ जुलाई २०१७,कुबेत रक्तदान जीवन दान भन्ने नारालाई आत्मसात गर्दै तमु समाज कुवेतले चलाऊँदै  आएको रक्तदान अभियान  कार्यक्रम स्वरुप आगामी सेप्टेम्बर १५ तारिख २०१७ मा जाब्रियाको सेन्ट्रल ब्लड बैंकमा आयोजना गरिने भएको छ ।
पढ्नेक्रम जारी राख्नुहोस्

चुम्लुङ, कुवेतका पूर्व सदस्य तथा कलाकर करुणा थेगिम अब रहिनन्, चुम्लुङद्वारा श्रद्दाञ्जलि व्यक्त


कुवेत नेपालडटम

हरी लावती/  कुवेत । किरात याक्थुङ चुम्लुङ, कुवेतका पूर्व महिला सदस्य तथा कलाकार करुणा थेगिम लिम्बूको जुलाई २८, २०१७ मा रहस्य मय ढंगले काठमाण्डौको एक होटलमा मृत अवस्थामा भेटिएको समाचार प्राप्त भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

चितवन यूवा समुह दोहा कतारको १४औं अधिबेशन हुदै ।


कुबेत नेपालडटकम

अनेकतामा एकता चि. यू. स. कतारको बिशेषता भन्ने मुल नारा र सेवानै धर्म हो भन्ने भावले अभिप्रेरित रहि सामाजिक कार्यमा प्रबास तथा नेपालमा अग्रणी भुमिका निर्वाह गरि सामाजिक कार्यका हरेक क्षेत्रमा निस्वार्थ रुपमा काम गर्दै आइरहेको चितवन यूवा समुह दोहा कतारको १४औं अधिबेशन यहि आउदो ११ अगस्ट २०१७ का दिन दोहाको सालिमार रेस्टुरेन्टमा भब्यताका साथ सम्पन्न हुन गइरहेको छ। पढ्नेक्रम जारी राख्नुहोस्

दलित एकता संजाल र विश्वकर्मा समाज कुवेतले नोभेम्बर १० मा सांस्कृतिक कार्यक्रम गर्ने


कुबेत नेपालडटकम

कुवेत, जुलाई ३०- दलित एकता संजाल कुवेत र विश्वकर्मा समाज कुवेतले आगामी नोभेम्बर १० तारिख अतिथि कलाकार ल्याएर संयुक्त रुपमा सन्देश मुलक सांस्कृतिक कार्यक्रम गर्ने भएका छन | पढ्नेक्रम जारी राख्नुहोस्

कुवेतमा फेरी एक नेपाली महिलाको मृत्यू


कुबेत नेपालडटकम

कुवेतमा एक नेपाली महिलाको निधन भएको छ । झापा बाहुन डांगीकि खेममाया लिम्बुको गत बिहीवार जुलाइ २७ का दिन फ्रवानिया अस्पतालमा उपचारको क्रममा निधन भएको हो शिरिरिक रुपमा कमज़ोर खेममाया निधन हुनुभन्दा ३ दिन पहीला कम्पनि क्याम्पको शौचालय जादा बेहोस भएको र तत्काल स्थानिय प्रहरीको सहयोगमा अस्पताल पुर्याइको थियो । अचेत खेममायाको टाउकोमा रगत जमेको भनि अस्पतालमा शल्यकृया गरि आइ सि यू ( ICU) राखिएको थियो।
करिब ५ बर्ष पहीला कुवेत आइ तान्जिप्को किलिनिग कम्पनिमा कार्यरत खेममायाको परिवारमा २ छोरा छन भने श्रिमान साउदीमा रहेका छन पढ्नेक्रम जारी राख्नुहोस्

चिकित्सा शिक्षा विधेयकः के हो डा. गोविन्द केसीले चाहेको संशोधन ?


१५ साउन, काठमाडौं । त्रिवि शिक्षण अस्पतालका प्रा. डा. गोविन्द केसी आमरण अनसन बसेको सात दिइभक्यो । सरकार र डा. केसीका प्रतिनिधिबीच दुई चरणको वार्ता भएपनि मुख्य मुद्दा चिकित्सा शिक्षा विधेयकमा सहमति जुट्ने संकेत देखिन्न ।संसदमा विचाराधीन विधेयक’bout सरकारी वार्ता टोलीले नै सहमति गर्न सक्ने पनि भएन । पढ्नेक्रम जारी राख्नुहोस्