राजपाको बन्दको चौतर्फी विरोध


क्रान्ति शाह
वीरगन्ज : राष्ट्रिय जनता पार्टी (राजपा) ले चुनाव नै नभएको प्रदेश नम्बर २ मा बुधबार आह्वान गरेको बन्द हडतालको चौतर्फी आलोचना भएको छ । प्रदेश नम्बर १, ५ र ७ मा बुधबार भइरहेको चुनावको विरोधमा राजपाले बुधबार मधेस र थरुहट क्षेत्रमा बन्द हडतालको आह्वान गरेको हो तर चुनाव नै नभएको प्रदेश नम्बर २ मा पनि राजपाले बन्द हडताल गरेकाले यसको आलोचना भएको हो । चुनाव नै नभएको प्रदेश नम्बर २ मा बन्द हडताल गरेर राजपाले जनतालाई सास्ती मात्र दिएको प्रदेश नम्बर २ का अन्य राजनीतिक दल, उद्योगी व्यपारी र युवा अगुवाहरुले बताएका छन् । बुधबार राजपाले गरेको बन्द हडतालको कुनै तुक नै नभएको वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष ओम प्रकाश शर्माले बताउनुभयो ।

जुन क्षेत्रमा चुनाव नै छैन, त्यहाँ चुनावको विरोध गरेर बन्द गर्नुको कुनै अर्थ छैन, वन्द केवल यहाँका उद्योगी व्यपारी र जनतालाई प्रताडित गर्ने काम मात्रै हो, उहाँले भन्नुभयो, ‘कमसेकम राजपाका नेताहरुले यस ’boutमा सोचिदिनुपथ्र्यो, तर दुर्भाग्य नै भन्नुपर्छ उनीहरुले सोचेनन्, त्यसैले राजपाको आजको बन्द हडताल निराधार छ।’

राजपाले बुधबार गरेको चुनाव विरोधी बन्द हडतालको प्रदेश नम्बर २ मा प्रभाव परेपनि त्यसको कुनै तुक नभएको युवा अभियन्ता सरोज चौरसीयाले बताउनुभयो । बन्द हडताल गरेरै अरु प्रदेशको चुनाव रोकिएको भए शायद राजपाको बन्दको औचित्य देखिन्थ्यो होला तर तीनवटा प्रदेशमा सजह रुपमा चुनाव भइरहेको छ,’ उहाले भन्नुभयो, ‘प्रदेश नम्बर २ मा त चुनाव पनि छैन, त्यसैले राजपाको बन्द हडतालले अनाहकमा यहाँका जनता र उद्योगी व्यपारी पिल्सिएका छन् ।
बुधबार राजपाले गरेको बन्द हडताल बेमौसमको बाजा भएको संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवले टिप्पणी गर्नु भयो । जहाँ चुनाव नै छैन त्यहाँ बन्द हडताल गर्नु भनेको जनता र व्यपारीलाइ दुख दिन काम मात्र भएको उहाको भनाइ छ । प्रदेश नम्बर २ मा असोजमा चुनाव छ , तर राजपाले चुनावको विरोधमा यहाँ पनि बन्द हडताल गरेको छ, उहाले भन्नुभयो, ‘यदि हिम्मत छद भने राजपाले चुनाव भएको प्रदेशमा बन्द हडताल गरेर चुनाव रोक्न सक्नुपथ्र्यो, जहाँ चुनाव नै छैन त्यहाँ के का लागि बन्द ? कसका लागि बन्द ? यसको जवाफ दिनुपर्छ राजपाका नेताहरुले ।’
बन्दकर्ता राजपाका नगर अध्यक्ष ओम प्रकाश सर्राफले भने बुधबार भइरहेको मधेस विरोधी निर्वाचन बहिष्कार गर्दै निर्वाचन भएका तीनै वटा प्रदेशमा आन्दोलनमा रहेको राजपालाई दुई नम्बर प्रदेशको पनि साथ र समर्थन रहेको सन्देश दिन नै मधेस बन्द गरिएको बताउनुभयो । यसैबीच राजपाले आह्वान गरेको बन्दका कारण बुधबार विहानैदेखि वीरगन्ज लगायत यस क्षेत्रको जनजीवन प्रभावित बनेको छ ।
आन्दोलनकारीले बिहानैबाट वीरगंजको विभिन्न ठाउँमा टायर बालेर प्रदर्शन गरेका कारण बजार पसल बन्द रहेको छ भने वीरगन्जबाट छुट्ने लामो तथा छोटो दूरीका सार्वजनिक यातायातका सवारी साधनहरु पनि ठप्प भएका छन् ।

प्रदर्शनकारीले वीरगन्जका घण्टाघर, माइस्थान, मुर्लि, बसपार्क, नगवा, गण्डक लगायतका स्थानमा टायर बालेर प्रदर्शन गरेका थिए । बन्दका कारण विद्यालय नखुल्दा विद्यार्थीको पठन पाठन पनि अवरुद्ध हुन पुगेको छ । यस्तै बाराको कलैया, परवानीपुर, नितनपुर , जितपुर लगायतका स्थानमा पनि बुधबार राजपाको बन्दको प्रभाव परेको छ ।
बाराका विभिन्न स्थानमा राजपाका कार्यकर्ताहरु बिहानैदेखि प्रदर्शनमा उत्रिएका कारण बजार , यातायात, शिक्षणसंस्था, कलकारखाना बन्द रहेको राजपाका विधार्थी नेता सन्तोष यादवले बताउनुभयो। संविधान संसोधन, जनसंख्याको आधारमा स्थानीय तहको संख्या थप गर्नुपर्ने लगायतका माग सम्बोधन नगरी सरकारले तीनवटा प्रदेशमा जबरजस्ति चुनाव गरेको भन्दै राजपाले बुधबार मधेस र थरुहट क्षेत्रमा बन्दको आह्वान गरेको हो ।
(अन्नपूर्ण )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )