Daily Archives: 28/06/2017

राजपाको बन्दको चौतर्फी विरोध


क्रान्ति शाह
वीरगन्ज : राष्ट्रिय जनता पार्टी (राजपा) ले चुनाव नै नभएको प्रदेश नम्बर २ मा बुधबार आह्वान गरेको बन्द हडतालको चौतर्फी आलोचना भएको छ । प्रदेश नम्बर १, ५ र ७ मा बुधबार भइरहेको चुनावको विरोधमा राजपाले बुधबार मधेस र थरुहट क्षेत्रमा बन्द हडतालको आह्वान गरेको हो तर चुनाव नै नभएको प्रदेश नम्बर २ मा पनि राजपाले बन्द हडताल गरेकाले यसको आलोचना भएको हो । चुनाव नै नभएको प्रदेश नम्बर २ मा बन्द हडताल गरेर राजपाले जनतालाई सास्ती मात्र दिएको प्रदेश नम्बर २ का अन्य राजनीतिक दल, उद्योगी व्यपारी र युवा अगुवाहरुले बताएका छन् । बुधबार राजपाले गरेको बन्द हडतालको कुनै तुक नै नभएको वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष ओम प्रकाश शर्माले बताउनुभयो । पढ्नेक्रम जारी राख्नुहोस्

नेपालीलाई शरण दिन नसकिने अमेरिकी पुनरावेदन अदालतको फैसला


दिनेशजंग शाह, न्युयोर्क
फैसला असाइलमको हकमा नजिर बन्न सक्ने
असार १४, २०७४- अमेरिकाको एक पुनरावेदन अदालतले नेपालको पछिल्लो राजनीतिक एवं सामाजिक स्थितिमा सुधार आएको दाबी गर्दै नेपालीलाई राजनीतिक शरण दिन नसकिने फैसला गरेको छ । हालैको एक मुद्धामा अमेरिकी पुनरावेदन अदालत, ‘युनाइटेड स्टेटस् कोर्ट अफ अपिल्स फर द सेकेण्ड सर्किट’ले नेपालको राजनीतिक परिदृश्य सकारात्मक बन्दै गरेको र आवेदकले उल्लेख गरे जस्तो भयावह स्थिति नरहेको स्पष्ट पारेको छ । पढ्नेक्रम जारी राख्नुहोस्