एनआरएनए निर्वाचन समितिले आजबाट सदस्यता फारम वितरण सुरु गर्यो, निर्वाचन कार्यतालिका पनि सार्वजनिक


गैर अावासिय नेपाली संघ, राष्ट्रिय समन्वय समिति कुवेतको अागामी अगष्ट १८ तारिक हुने महाधिवेशनका लागि निर्वाचन समिति सकृय भएर लागेको छ । निर्वाचन समितिले हाल सम्म सदस्यता फारम तयार गरिसकेको छ भने निर्वाचन अाचार संहिता लगायत अन्य प्रकृयाहरू पनि अघि बढाइसकेको बुझिएको छ ।

यसै क्रममा पहिलो चरणमा सदस्यता फारम वितरण गरिने सूचना जारी गर्दै सदस्यताका लागि प्रति सदस्यता फारम शूल्क कुवेती दिनार ३ केडि ५०० फिस लाग्ने, सदस्यता फारम भर्नको लागि २ प्रति पासपोर्ट साइजको फोटो तथा कुवेतको सिभिल अाइडीको प्रतिलिपि अावश्यक पर्ने पनि समितिले जनाएको छ भने भोलीबाट सदस्यता फारम खुल्ला गरिएको र सो प्रयोजनको लागि भोली साँझ ६ बजे कुवेत सिटीको मालिया स्थित चाैतारी रेष्टुरेन्टमा उपस्थित भर्इ सदस्यता फारम प्राप्त गर्न सकिने पनि निर्वाचन समितिले जनाएको छ ।

सदस्यता नलिएमा महाधिवेशनमा सहभागी हुन तथा निर्वाचनमा सहभागिता जनाउन र उम्मेदवारी दिन नपाउने भएकोले सम्पु्र्ण कुवेतमा कृयाशिल नेपाली दाजुभार्इ तथा दिदीबहिनीहरूलार्इ सदस्यता फारम भर्नुहुन र पुरानो सदस्यता कार्ड भएकाले पनि सदस्यता नविकरण नगरेमा स्वतः सदस्यता वदर हुने भएकोले पुराना सदस्यता कार्ड होल्डर सदस्यले पनि सदस्यता फारम भर्नु पर्ने भएकोले सबैलार्इ सदस्यता फारम भर्न निर्वाचन समितिले अनुरोध गरेको छ ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )