दलित महिलाहरुका लागि कढाई तालिम सम्पन्न


बिरबहादुर बिसी
जुन २२, बुङ्दीकाली नवलपरासी । दलित महिलाहरुका लागि २ महिने कढाई तालिम सम्पन्न भखको छ । नवलपरासी बुङ्दीकाली गाउँपालिका २, डेढ गाउँमा एक कार्यक्रमका बिच आज सम्पन्न भएको हो ।

भगत सर्वजित सीप प्रवर्द्धन दलित लक्षित कार्यक्रम अन्तर्गत घरेलु तथा साना उधोग कार्यालय नवलपरासीको आयोजना र डेढगाउँ दलित सञ्जाल समितिको संयोजनमा भएको तालिममा बुंङ्दीकाली गाउपालिकाका १८ जना दलित महिलाको सहभागिता रहेको थियो।

दलित सञ्जालका अध्यक्ष पदमबहादुर बिकको अध्यक्षतामा र बुङ्दीकाली गाउँपालिकाका उपाध्यक्ष मायादेवी श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि बुङ्दीकाली गाउँपालिकाका उपाध्यक्ष मायादेवी श्रेष्ठले सहभागीहरुले सिकेको ज्ञान, सिप र कलालाई व्यबहारमा उतारी आफुलाई सफल उधमि बनाई चिनाउनु पर्ने कुरामा जोड दिएकी थिईन् । उपाध्यक्ष श्रेष्ठले दलित महिला उधमिलाई गाउपालिकाको तर्फबाट आवश्यक सहयोग पनि गरिने प्रतिवद्वता ब्यक्त गरेकी थिईन् ।

कार्यक्रममा वडाध्यक्ष बालप्रसाद ठाडा, साबिक डेढगाउ गाबिसका पूर्व उपाध्यक्ष श्याम सुन्दर श्रेष्ठ, सिद्धार्थ सामुदायिक सिकाई केन्द्रका अध्यक्ष होमनाथ भट्टराई, बुङ्दीकाली-२, का दलित महिला सदस्य भुलमाया बिक, घरेलु तथा साना उधोग कार्यालयका उधम विकास सहजकर्ता मनोज कुमार चौधरी, प्रशिक्षक पुर्णिमा सुनार, सहभागी रुपा बिश्वकर्माले बोल्दै दलित महिला उधमी बनाउने यस्ता तालिमले पछाडी परेको समुदाय र बर्गलाई सहयोग पुगि स्वावलम्बि बनाउने हुँदा बढी उपयोगी हुने बिचार ब्यक्त गरेका थिए।

समापन कार्यक्रममा सहभागीहरुलाई प्रमाण-पत्र र तालिम सञ्चालनमा सहयोग पुर्याउने व्यक्तिहरुलाई मायाको चिनोका साथ सम्मान गरिएको थियो। सञ्जाल समितिका सचिव दिनेश बिश्वकर्माको स्वागत मन्तब्यबाट सुरु भएको समापन कार्यक्रमको पत्रकार बिरबहादुर बिसीद्वारा सन्चालन भएको थियो ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )