१९औं सार्क सम्मेलन इस्लामावादमै : पाकिस्तान


कमलदेव भट्टराई, नयाँदिल्ली
असार ७, २०७४- पाकिस्तानले जहिले भए पनि रोकिएको सार्कको १९औं शिखर सम्मेलन आफ्नै मुलुकमा हुने बताएको छ ।  भारतका लागि पाकिस्तानी राजदूत अब्दुल वसितले मिति जहिले भए पनि पाकिस्तानले नै १९औं सार्क सम्मेलन आयोजना गर्ने बताएका हुन् । भारतीय पत्रिका दि हिन्दुलाई दिएको एक अन्तवार्तामा सार्क सम्मेलनको स्थान पाकिस्तानबाट अन्त सार्ने विषयमा कुनै पनि प्रस्ताव छलफलमा नरहेको बताए । नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले रोकिएको सार्क सम्मेलन पाकिस्तानमा नै हुने भनी अभिव्यक्ति दिएको दुई दिनपछि पाकिस्तानले यस्तो धारणा व्यक्त गरेको हो ।

यसवर्षभित्र नै सार्क सम्मेलन सम्पन्न गर्न सकिने सम्भावना र इस्लामावादबाट अन्य मुलुकमा सार्क सम्मेलन सार्न सकिने सम्भावनाको ’boutमा सोधिएको प्रश्नमा उनले सो धारणा व्यक्त गरेका हुन् । यस अगाडि भारतले सार्क सम्मेलनको स्थान पाकिस्तानबाट अन्य मुलुकमा सार्ने विषयमा प्रस्ताव गरेका खबरहरु सार्वजनिक भएका थिए । उनले भने, ‘सार्क सम्मेलनलाई रोक्नुपर्ने कुनै पनि कारण मैले अहिलेसम्म देखेको छैन । तर सार्क सम्मेलन यस पटकमात्र होइन अगाडि पनि होल्ड भएको थियो,’वसितले भनेका छन् । उनले दक्षिण एसियाली मुलुकहरुले सार्कको लागि निकै लगानी गरेका कारण यस प्रक्रियालाई रोक्न आवश्यक नभएको बताए ।

भारतले भने पाकिस्तानले सीमापार आतंकवादलाई बढावा दिएका कारण आतंकवादी गतिविधिको बीचमा सार्क सम्मेलन हुन नसक्ने बताउँदै आएको छ । उसले सार्क सम्मेलन सम्पन्न गर्नका लागि क्षेत्रीय वातावरण अनुकूल बनाउन आवश्यक रहेको बताउँदै आएको छ ।

पाकिस्तानमा हुने सार्क सम्मेलनमा भाग नलिने अडानमा पुनर्विचार गर्न पाकिस्तानले भारतलाई आग्रह गर्दै आएको छ । गत नोभेम्बर ९ र १० मा तय भएको सार्कको १९ ‌औं सम्मेलन अन्तिम समयमा आएर स्थगित भएको थियो । भारतले सो सार्क सम्मेलनमा आफू पनि सहभागी नहुने र अन्य मुलुकलाई समेत बहिष्कार गर्नको लागि आग्रह गरेको थियो । भारतले सार्कको लागि आवश्यक वातावरण बनिनसकेको बताउने गरेको छ ।

सार्क अध्यक्षको हिसाबले सकेसम्म सार्क सम्मेलन गराउन नेपालले पहल गर्नुपर्ने आवाज उठिरहेको छ ।

राजदूत वसितले आफ्नो मुलुक पाकिस्तानसँगको संवाद अगाडि बढाउने पक्षमा रहेको तर त्यसका लागि कुनै पनि सर्त हुन नहुने समेत बताए । (कान्तिपुर )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )