Daily Archives: 21/06/2017

ग्याँस चुहिंदा साउदीमा दुई नेपालीको मृत्यु


होम कार्की, काठमाडौं
साउदी अरबमा मृत्यु भएका झविन्द्र बन्जाडे (बायाँ) र बालकृष्ण बस्नेत । तस्बिर : फेसबुक ।
असार ७, २०७४- साउदी अरबको जुवेलस्थित एक ग्याँस प्लान्टको बिषाक्त ग्याँस नष्ट गर्नेक्रममा दुई नेपाली कामदारको ज्यान गएको छ । साउदीको ग्लोबल इन्भारोमेन्टल म्यानेजमेन्ट सर्भिस कम्पनीमा कार्यरत दिक्तेल १ खोटाङका ४३ वर्षीय वालकृष्ण बस्नेत र दाङका झवेन्द्रप्रसाद बन्जाडेको जुन १८ मा मृत्यु भएको नेपाली दूतावासले जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

खोटाङमा एमाले उम्मेदवारको घरमा बम विस्फोट, एक गम्भीर


रासस
७ असार, खोटाङ। नेकपा (एमाले) बाट खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडाको वडाध्यक्षमा उम्मेदवार बनेका लिला चौहानको घरमा बम विस्फोट भएको छ ।उम्मेदवार चौहानका दाजु टेकबहादुर, बुहारी शकुन्तला र आठमहिने भतिज किस्मत घरकै अगाडि रहेको भान्छा कोठामा बसेर खाना खाइरहेको अवस्थामा गए राति बम विस्फोट गराइएको हो ।नचिनिएको समूहले गराएको बम विस्फोटमा वडाध्यक्षका प्रत्याशी चौहानकी बुहारी शकुन्तला चौहान गम्भीर घाइते भएकी छन् । उनको दुवै खुट्टा डढ्नुका साथै चोट लागेको उम्मेदवार चौहानका भतिज दानबहादुर चौहानले बताए । पढ्नेक्रम जारी राख्नुहोस्

१९औं सार्क सम्मेलन इस्लामावादमै : पाकिस्तान


कमलदेव भट्टराई, नयाँदिल्ली
असार ७, २०७४- पाकिस्तानले जहिले भए पनि रोकिएको सार्कको १९औं शिखर सम्मेलन आफ्नै मुलुकमा हुने बताएको छ ।  भारतका लागि पाकिस्तानी राजदूत अब्दुल वसितले मिति जहिले भए पनि पाकिस्तानले नै १९औं सार्क सम्मेलन आयोजना गर्ने बताएका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्