चुनावको विपक्षी राजपा समर्थकका स्वतन्त्र उम्मेदवारी दर्ता


माधव ढुंगाना, भैरहवा
भित्री रुपमा उम्मेदवारी दिन ‘सर्कुलर’
असार ४, २०७४- स्थानीय निकायको निर्वाचनका लागि रुपन्देहीको सबै मतदान केन्द्रमा आइतबार बिहानैदेखि मनोनयन दर्ता सुरु भएको छ । १० गाँउपालिका, एक उपमहानगरपालिका र ५ नगरपालिका रहेको रुपन्देहीमा विभिन्न राजनीतिक दलबाहेक स्वतन्त्र उम्मेदवारको रुपमा पनि मनोनयन दर्ता हुन थालेको छ । स्वतन्त्र उम्मेदवारको रुपमा मनोनयन दर्ता गर्ने केही उम्मेदवार, निर्वाचनको बहिष्कार गर्ने भन्दै आएको राष्ट्रिय जनता पार्टीका नेताका समर्थक पनि छन् ।

रुपन्देहीको दक्षिणी मर्चवार क्षेत्रमा पर्ने समरीमाई गाउँपालिकाको सम्पूर्ण पदमा स्वतन्त्र उमेदवारको रुपमा मनोनयन दर्ता भएको छ । ती उम्मेदवार राष्ट्रिय जनता पार्टी नेताका समर्थक मानिन्छन् । राष्ट्रिय जनता पार्टीका नेताले नै भित्री रुपमा उम्मेदवारी दिन लगाएको समाचार स्रोतले बताएको छ ।

आइतबार बिहानै उक्त गाँउपालिकाको प्रमुख, उपप्रमुखलगायत ३७ वटै पदमा उक्त पार्टी समर्थक कार्यकर्ताले स्वतन्त्र उमेदवारको रुपमा मनोनयन दर्ता गराएका छन् । निर्वाचन अधिकृत कमल पन्थीले स्वतन्त्र उमेदवार कुन पार्टी समर्थक हुन् ? भन्ने ’boutमा आधिकारिक रुपमा जानकारी नभए पनि सबै पदमा स्वतन्त्र उम्मेदवारी परेको बताए । उक्त गाँउपालिकाको प्रमुखमा अशोक शुक्ला र उपप्रमुखमा कमाल उद्धिन शेखसहितको सबै पदमा स्वतन्त्र उमेदवारी परेको हो ।

राष्ट्रिय जनता पार्टीका अध्यक्षहरु महन्थ ठाकुर, राजेन्द्र महतो, राजकिशोर यादव, अनिल झालगायतका नेता शनिबारदेखि रुपन्देहीमा छन् । राष्ट्रिय जनता पार्टीका वरिष्ठ केन्द्रीय उपाध्यक्ष ओम प्रकाश यादव गुल्जारीले स्वतन्त्र उम्मेदवारीको नाममा आफ्नो पार्टीको तर्फबाट मनोनयन नभएको दाबी गरे । आफ्नो पार्टीका कुनै कार्यकर्ताले स्वतन्त्र रुपमा उम्मेदवारी दिएमा पार्टीले कारबाही गर्ने उनले बताए ।
(कान्तिपुर )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )