एनआरएनए कुवेतको अधिबेशन अगस्ट १८ मा, सुजन केसिको संयोजकत्वमा निर्वाचन समिती गठन


दिलकुमार पाख्रीन,कुबेत

१७ जुन,कुवेत : गैर आवासिय नेपाली संघ (एनआरएनए)/ राष्ट्रिय समन्वय परिषद (एनसीसी), कुवेतले आगमी अगष्ट १८ मा आयोजना हुने आफ्नो पाँचौं अधिवेशनको तैयारीलाई तिब्रता दिने निर्णय गरेको छ । परिषदका अध्यक्ष अर्जुन तामाङको अध्यक्षतामा मालिया स्थित चौतारी रेष्टुरेण्टमा आज साँझ बसेको बैठकले पाँचौं अधिवेशनलाई तिब्रता दिने निश्कर्ष सहित सुजन केसीको संयोजकत्वमा ५ सदस्यिय निर्वाचन समिति गठन गरी तैयारीलाई तिब्रता दिने निर्णय गरेको हो ।परिषदले आज गठन गरेको निर्वाचन सिमितिमा संयोजक सुजन केसी रहेका छन् ।
यसैगरी सदस्यहरुमा शिव कोईराला, कोशराज राई आनन्द आचर्य र नैनकला राई रहेका छन् । निर्वाचन समितिको गठनसंगै जुन २३ बाट पञ्जिकृत सदस्यता फारम बितरण गरिने समेत बैठकले निर्णय गरेको छ ।

बैठकले अधिवेशनको तैयारीको निम्ति निर्वाचन समितिलाई कार्यसमिति पदाधगकारी तथा सदस्यहरुको कार्य मुल्यांकन उपलव्ध गराउने, कार्य बिभाजन गरी सबैलाई आ-आफ्नो जिम्मेवारीको समेत बाँडफाँड गरेको छ । यसैगरी कार्य समितिका सल्लाहकार लगायतबाट दस्तुर र बोलकबोल रकम भुक्तानि गर्नेहरुको मात्रै पदिय हैसियत रहने र उक्त रकम नबुझाउनेहरुको हैसियत नरहने निर्णय समेत गरेको छ ।

नव गठित निर्वाचन समितिका संयोजक सुजन केसीले पञ्जिकृत सदस्यहरुको फारम भर्ने कार्य सुरु भएसंगै निर्वाचन प्रक्रिया सुरु भएको र अब चाँडै नै समितिको बैठक बसी निर्वाचनका कार्यतालिका र नियमावलीहरु सार्वजानिक गरिने बताएको जानकारी परिषदका प्रवक्ता एवम् निर्वाचन समितिका सदस्य कोशराज राईले दिएका छन् ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )