Daily Archives: 17/06/2017

एनआरएनए कुवेतको अधिबेशन अगस्ट १८ मा, सुजन केसिको संयोजकत्वमा निर्वाचन समिती गठन


दिलकुमार पाख्रीन,कुबेत

१७ जुन,कुवेत : गैर आवासिय नेपाली संघ (एनआरएनए)/ राष्ट्रिय समन्वय परिषद (एनसीसी), कुवेतले आगमी अगष्ट १८ मा आयोजना हुने आफ्नो पाँचौं अधिवेशनको तैयारीलाई तिब्रता दिने निर्णय गरेको छ । परिषदका अध्यक्ष अर्जुन तामाङको अध्यक्षतामा मालिया स्थित चौतारी रेष्टुरेण्टमा आज साँझ बसेको बैठकले पाँचौं अधिवेशनलाई तिब्रता दिने निश्कर्ष सहित सुजन केसीको संयोजकत्वमा ५ सदस्यिय निर्वाचन समिति गठन गरी तैयारीलाई तिब्रता दिने निर्णय गरेको हो ।परिषदले आज गठन गरेको निर्वाचन सिमितिमा संयोजक सुजन केसी रहेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

स्याङ्जा सहयोग समाज कुवेतले गृह जिल्लामा एम्बुलेन्स सेवाको लागि आर्थिक संकलन अभियान कार्यक्रम शुरु गरिदै।


कुबेत नेपालडटकम

प्रदेश भूमिमा रहेर पनि आफ्नो ठाउँको लागि केही गरौ भन्ने मनसाय बोकेर २०१४ सालमा स्थापना भएको यो समाज कुवेतमा रहेका विभिन्न क्रियाशिल समाज मध्य एक हो।स्थापना कालदेखि नै यहाँको गैर आवसिय संघ, समाज र संगठन सँग हातेमालो गर्दै देशमा परेको विनाशकारी दैवीप्रकोप आगोलागी, भूकम्प जस्ता आपतकालीन समयमा पनि आर्थिक सहयोग गर्दै आइरहेको छौं। पढ्नेक्रम जारी राख्नुहोस्

सि.डी बिजय अधिकारीको “संगै हुने” बोलको म्युजिक भिडियो बजारमा


कुबेत नेपालडटकम

क्रणप्रिय स्वरका धनि गायक सि.डी बिजय अधिकारीको स्वरमा रहेको “सगै हुने” नामक आधुनिक गितको म्यूज़िक भिडीयो सङ्स नेपालको यूट्यूब च्यानल मार्फ़त बजार आएको छ ।

गीतकार प्रेम ब. कटवालका प्रेम बिछोडको गहिरो भाव समेटिएका शब्दहरुमा चर्चित संगीतकार डि. आर अटूले संगित भरेका छन । भने उक्त गितलाइ राजु कार्किले एरेन्ज गरेका छन।
निरेम प्रोडक्सन कुवेतको ब्यानरमा निर्मित प्रेम कुमार जिमिद्वारा कुवेतकमा छायाकन गरिएको उक्त भिडीयोमा रुपेन हमाल ,सम्झना बिसुंखे र राज मल्लको अभिनय रहेको छ।