प्रदेश नम्बर २ मा असोज २ गते मात्र चुनाव, तीन वटा प्रदेशमा असार १४ मै हुने


१ असार, काठमाडौं । निर्वाचन आयोगको असहमतिका बीच सरकारले प्रदेश नम्बर २ को चुनाव तेस्रो चरणमा गराउने भएको छ । बाँकी तीन वटा प्रदेश १, ५ र ७ मा भने पूर्व घोषित मिति असार १४ मै चुनाव हुनेछ । तर, चुनाव सारेपनि राष्ट्रिय जनता पार्टीले चुनावमा आउने सुनिश्चित गरेको छैन ।

बिहीबार सिंहदरबारमा बसेको सत्तारुढ कांग्रेस, माओवादी र राष्ट्रिय जनता पार्टीका शीर्ष नेताहरुको बैठकमा प्रदेश नम्बर २ को चुनाव सार्ने सहमति भएको हो ।

राजपासँग वार्ता गर्नुअघि सत्तारुढ कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताहरुले निर्वाचन आयोगका पदाधिकारीहरुसँग परामर्श गरेका थिए । तर, आयोगले चुुनाव सारे पोलिटिकल इलेक्ट्रोरल डिजास्टर’ हुने चेतावनी दिएको थियो ।

आयोगको चेतावनीलाई अस्वीकार गर्दै कांग्रेस र माओवादीले राजपासँग चुनाव सार्ने सहमति गरेका छन् । अब मन्त्रिपरिषद् बैठक बसेर औपचारिक निर्णय गर्नेछ । ‘प्रदेश नम्बर २ को चुनाव सारेर असोज २ गते कुरा भयो’ एक नेताले भनेका छन् ।

चुनाव सार्ने सहमति भएपनि राष्ट्रिय जनता पार्टीले चुनावमा आउने प्रतिवद्धता जनाएको छैन ।

सत्तारुढ दलका एक नेताले भने, ‘आउदिँन भनेको पनि छैन तर, के भयो भने आउँछ पनि भनेको छैन ।’(अन्लाईनखबर )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )