१ असार, काठमाडौं । निर्वाचन आयोगको असहमतिका बीच सरकारले प्रदेश नम्बर २ को चुनाव तेस्रो चरणमा गराउने भएको छ । बाँकी तीन वटा प्रदेश १, ५ र ७ मा भने पूर्व घोषित मिति असार १४ मै चुनाव हुनेछ । तर, चुनाव सारेपनि राष्ट्रिय जनता पार्टीले चुनावमा आउने सुनिश्चित गरेको छैन । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 15/06/2017
प्रदेश नम्बर २ मा असोज २ गते मात्र चुनाव, तीन वटा प्रदेशमा असार १४ मै हुने
Posted in नेपाल समाचार
छोराछोरीको १० प्रतिशत तलब वृद्ध बाबुआमालाई, अपमानित गरे जेल सजाय !
१ असार, काठमाडौं । विभिन्न पेसा–व्यवसायमा संलग्न छोराछोरीले ६० वर्ष कटेका बुबाआमालाई कमाइको दश प्रतिशत रकम अनिवार्य रूपमा दिनुपर्ने भएको छ । सरकारले ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ संशोधन गरी आमाबुबालाई अनिवार्य पैसा दिनुपर्ने बाध्यकारी नियम ल्याउन लागेको हो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
खोटांग कुवेत सम्पर्क मंच, कुवेतको छैटौं बार्षिक उत्सव तथा तेस्रो अधिवेशन ७ जुलाई २०१७ शुक्रबार
नैनकला राई/कुबेत
जुन १४ , कुवेत l खोटांग कुवेत सम्पर्क मंच, कुवेतको छैटौं बार्षिक उत्सव तथा तेस्रो अधिवेशन आगामी जुलाई ७ तारिखका दिन जिलिबको रिदम हलमा हुने जानकारी मंचका अध्यक्ष मन्जित राईले दिएका छन् l गत महिना कार्यक्रमको लागि अनलाइन मिडिया मार्फत ७ तारिकमा हुने जानकारी गराएता पनि स्थान र समय भने आज जानकरी गराएको होl
“भाषा अनि संस्कृतिमा बिबिधता, बिकाश निर्माणमा हाम्रो ऐक्यबद्धता” भन्ने नाराका साथ सन् २०१० मा कुवेतमा स्थापना भएको खोटाङ कुवेत सम्पर्क मंचले कुवेतका संघ संस्थाहरुसंग हातेमालो गर्दै सामाजिक कार्यमा अग्रसर रहदै आएको छ भने गृह जिल्ला तथा ग़ैर जिल्लामा विभिन्न खाले अप्ठ्यारामा परेकाहरुलाई आफ्नो क्षमता र पहुँचले भ्याए सम्म आर्थिक नैतिक र भौतिकरुपले सहयोग गर्दै आएको छ | पढ्नेक्रम जारी राख्नुहोस्
Posted in सूचना
सीके राउतद्वारा राजपासँग सहकार्यको पहल
चिरञ्जीवी ढुंगाना
काठमाडौं : मधेस गठबन्धनका संयोजक सीके राउतले जेठ २८ गते राजपाका अध्यक्ष महन्थ ठाकुरलाई तीन पृष्ठको तीनबुँदे सुझावसहित पत्र पठाउँदै मतपत्रमा कोष्ठबाहिर छाप लाउँदै निर्वाचनको सक्रिय बहिष्कार गर्न आग्रह गर्नुभएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
तामाङ घेदुङ कुवेतद्वारा मृगौला पिडित बज्र धोज लामालाई सहयोग
कुबेत नेपालडटकम
जेष्ठ ३१- काठमाडौं डल्खु स्थित दुवै मृगौला पिडित बज्र धोज लामालाई उनि बस्ने डेरामा पुगेर नेपाल तामाङ घेदुङ कुवेतद्धारा संकलित अर्थित सहयोग रकम हस्तान्तरण गरेको छ | पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार
डोल्मा शेर्पा १२ वर्षपछि घर फर्कंदै
कुवेतमा घरेलु कामदार रहेकै बेला सहकर्मी फिलिपिनो युवतीको हत्या अभियोगमा जेलसजाय बेहोर्दै आएकी सिन्धुपाल्चोक, तेम्बाथाङकी डोल्मा शेर्पा यसै महिना घर फर्कंदै छिन् । डोल्माले १० वर्ष लामो जेल सजाय जुन २० (असार ६) मा भुक्तान गर्दैछिन् । त्यसलगत्तै कुवेत सरकारको घर फिर्ती प्रक्रिया (डिर्पोटेसन) अनुसार डोल्मा घर फर्कन लागेको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ ।
‘सामान्यतया डिर्पोटेसन मामला’bout हामीलाई जानकारी गराइन्न,’ दूतावासका द्वितीय सचिव भोगेन्द्र लिङदेनले कान्तिपुरसँग भने, ‘उपलब्ध रेकर्डअनुसार यो जुन २० मा डोल्मा जेलमुक्त हुनेछिन् । त्यसपछिको प्रक्रियामा घरफिर्ती केन्द्र (डिर्पोटेसन सेन्टर) हुँदै नेपाल फिर्नेछिन् ।’ उनी यो प्रक्रिया सकेर कति दिनमा घर आइपुग्छिन् तोकेर भन्न नसकिने उनले जनाए । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार