सप्तरीमा ५५ भन्दा बढी मतदान अधिकृतहरु राजपा कार्यकर्ताको नियन्त्रणमा


बाक्लो संख्यामा प्रहरी परिचालन
अवधेशकुमार झा, सप्तरी
जेष्ठ ३१, २०७४- राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका कार्यकताहरुले सप्तरीमा खटिएका करिब ५५ जना मतदान अधिकृतहरुलाई नियन्त्रणमा लिएका छन् । आगामी असार १४ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमा मतदान अधिकृत र सहाकयक मतदान अधिकृतहरुलाई बुधबार बिहान ११ बजे निर्वाचनसम्बन्धी तालिम राखेको छ । बिहान १० बजेअघि नै तालिमस्थल पुगेका राजपा कार्यकर्ताहरुले प्रवेशद्वारमै सहायक मतदान अधिकृतहरुलाई नियन्त्रणमा लिएका छन् ।
राजपा कार्यकर्ताको नियन्त्रणमा कपिलदेव यादव, केजुलाल चौधरी, रविन्द्र साह, अरुणकुमार दास र वैद्यनाथ साह, विन्दु खंगलगायत परेका छन् । उनीहरुलाई महेन्द्र क्याम्पस परिसरमै राजपा कार्यकर्ता नाराबाजीका बीच घेरा हालेर राखेका छन् ।
स्थानीय प्रशासनले बाक्लो मात्रामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरेको छ ।
स‌ंविधान संशोधन, जनसंख्याको अनुपातमा स्थानीय तहको संख्या निर्धारण, मधेस आन्दोलनका क्रममा मारिएकाहरुलाई सहिद घोषणा, मृतकका परिवारलाई क्षतिपूर्ति, घाइतेको उपचार व्यवस्था सरकारले नगरेको भन्दै राजपा निर्वाचन विरोधी आन्दोलनमा छ ।
(कान्तिपुर )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )