राजपाको आन्दोलनः प्रदेश नम्बर २ मा प्रभाव, अन्यत्र न्यून


३० जेठ, काठमाडौं । राष्ट्रिय जनता पार्टीले आहृवान गरेको आम हडतालका कारण तराई मधेसको जनजीवन प्रभावित भएको छ । प्रदेश नम्बर २ का जिल्लामा बन्दको प्रभाव बढी देखिएको छ । विराटनगरमा वन्दको प्रभाव न्यून छ । छोटा दुरीका सार्वजनिक सवारी साधन पुर्णरुपमा चलेका छन् भने वजार कलकारखना पनि खुल्ला रहेको मोरङ प्रहरीले जनाएको छ ।

आम हडतालको आहृवान गरे पनि बिराटनगरमा भने राजपाका कार्यकर्ता सडकमा देखिएका छैनन् । विराटनगरमा राष्ट्रिय जनता पार्टीको भन्दा उपेन्द्र यादवको नेतृत्वको संघीय समाजवादी फोरम र विजयकुमार गच्छदार लोकतान्त्रिक पार्टीको प्रभाव वढी छ । र, दुबै दल चुनावको पक्षमा उभिएकाले पनि बन्दको प्रभाव न्यून देखिएको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक योगेन्द्रसिंह थापाले आन्दोलनका क्रममा अप्रिय घटना हुन नदिन सुरक्षा व्यवस्था चुस्त पारिएको बताए ।

प्रदेश नम्बर २ मा प्रभाव बढी

अनलाइनखबरकर्मी वीरेन्द्र रमणका अनुसार राजपाको आमहड्तालको जनकपुरमा भने प्रभाव छ । राजपाका कार्यकर्ताले विभिन्न स्थानमा टायर बालेर विरोध प्रदर्शन गरिरहेका छन् ।

बन्दका कारण जनकपुरबाट चल्ने गरेको लामो तथा छोटो दुरीको सवारी सधान चल्न सकेको छैन । बजार र शैक्षिक संस्था पनि बन्द छन् ।

रौतहटमा पनि आमहड्तालले जनजीवन प्रभावित भएको छ । राजपाका कार्यकर्ताले निजी तथा सरकारी स्कुलहरु बन्द गराएका छन् । उनीहरुले प्याप्सनलाई पत्र नै पठाएका छन् भने सरकारी स्कुलहरुमा पनि पुगेर बन्द गर्न भनेका छन् ।

बन्दका कारण लामो दुरीका सवारी साधन पनि चलेका छैनन् । राजपाका कार्यकर्ताले ठाउँठाउँमा प्रदर्शन गरेको अनलाइनखबरकर्मी गौतम श्रेष्ठले बताएका छन् ।

बन्दका कारण सिराहा, सप्तरी, महोत्तरी, बारा, पर्सा लगायतका जिल्लामा पनि प्रभाव परेको छ ।

भैरहवाबाट अनलाइनखबरकर्मी सलमान खानले बताए अनुसार सिद्धार्थ राजमार्गमा सवारी साधन चलेका छन् । बन्र्दकर्ता पनि सडकमा देखिएका छन् ।(अन्लाईनखबर )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )