एसियन कप छनौटमा नेपालले आज यमनबिरुद्ध खेल्दै


३० जेठ, काठमाडौं । एएफसी एसियन कप छनौट अन्तर्गत तेस्रो चरणको आफ्नो दोस्रो खेलमा नेपालले आज यमनबिरुद्ध प्रतिस्पर्धा गर्दैछ । समूह एफमा रहेको नेपालले यमनसँग होम म्याच अन्तर्गत सशस्त्र प्रहरीको हलचोक मैदानमा यमनसँग खेल्नेछ । खेल दिउँसो तीन बजे सुरु हुनेछ ।

भूकम्पले क्षतिग्रस्त दशरथ रंगशाला अझै पुनर्निर्माण भइनसकेकाले एन्फाले बैकल्पिक मैदानका रुपमा एपिएफको मैदानलाई प्रयोग गर्न लागेको हो । हलचोक मैदानमा नेपाली राष्ट्रिय टोलीले पहिलो पटक अन्तर्राष्ट्रिय खेल खेल्दैछ ।

छनौटको पहिलो खेलमा फिपलपिन्ससँग ४-१ गोलले पराजित भएको नेपालले घरेलु मैदानमा यमनसँग गोल नखाने रणनीति बनाएको छ । घरेलु मैदानमा जित हासिल गरी अन्य खेलहरु सहज बनाउने योजना हिजोको पत्रकार सम्मेलनमा नेपाली कप्तान बिराज महर्जनले सुनाएका थिए ।

पछिल्लो समय सन् २०१४ मा मार्चमा कतारमा भएको मैत्रीपूर्ण खेलमा नेपालले यमनसँग २-० को पराजय ब्यहोरेको थियो । भारतसँग दुई शून्यले पराजित हुँदै एसियन कप छनौटको पहिलो चरणबाटै बाहिरिएको नेपाल एएफसी सोलिडारिटी कप बिजेताको हैसियदमा तेस्रो चरणबाट पुनः प्रबेश पाएको हो ।

मूख्य डिफेण्डरहरु चोटग्रस्त रहनु र नयाँ तथा पुराना खेलाडीको संयोजन नमिल्नु पछिल्लो समय नेपाली टोलीको मूख्य समस्याको रुपमा देखिएको छ ।

एक साताअघि भारतसँगको मैत्रीपूर्ण खेलमा नेपाल दुई शून्यले हारेको थियो । त्यस खेलमा नेपालको रक्षापंक्ति कमजोर देखिएको थियो । नेपालका प्रशिक्षक ग्योतोकी कोजुले आजको खेलमा रक्षापंक्तिमा सुधार हुने अपेक्षा गरेका छन् ।(अन्लाईनखबर )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )