Daily Archives: 07/06/2017

तीनजना उपप्रधानसहित सात मन्त्री नियुक्त, राष्ट्रपतिसमक्ष लिए शपथ


जेष्ठ २४, काठमाण्डौl शेरबहादुर देउवा नेतृत्वको सरकारमा तीन उपप्रधानसहित सातजना मन्त्री नियुक्त भएका छन् । उपप्रधानमन्त्रीहरुमा विजयकुमार गच्छदार गोपालमान श्रेष्ठ र कृष्णबहादुर महरा छन् । उनीहरुले बुधबार नै शितलनिवासमा आयोजित एक समारोहबीच राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनियताको शपथग्रहण गरेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

प्रधानमान्त्री बनेपछि देउवाका चुनौती र अवसर


चुनौती– माघ ७ भित्रै ३ चुनाव, अवसर– विगतको ‘छवि सुधार्ने’
कुलचन्द्र न्यौपाने, काठमाडौं
जेष्ठ २४, २०७४- २०५२ मा पहिलो पटक प्रधानमन्त्री बन्दा शेरबहादुर देउवा ४९ वर्षका थिए । समकालीन नेतामा युवा अवस्थामै प्रधानमन्त्री बन्ने सौभाग्य पाएका देउवा त्यसलगत्तै दुई पटक प्रधानमन्त्रीको कुर्सीमा पुगे । गणतन्त्रपछिको दसौं र आफ्नो हकमा चौथो रेकर्ड बनाउन सफल ७१ वर्षीय देउवाका सामु भिन्न परिवेश मात्र छैन, चुनौतीको पहाड पनि उत्तिकै छ । पढ्नेक्रम जारी राख्नुहोस्

गजल …!!


एम. पह्च्यु गुरुङ्ग, दोहा कतार
नजर देखि टाँढा हुदा, हराएझै लाग्यो |
होशमा छैन आज मन, डराएझै लाग्यो |
नजानेर कहि कतै, गल्ती हुन पुग्योकी ,
भित्री तिम्रो आत्माले, कराएझै लाग्यो |
गाली भन्ने शब्दलाई, घृणा गर्थ्यौं तिमी ,
जबर जस्ती कराउदा, अराएझै लाग्यो |
सोच्दा पनि सोचिन, यस्तो बोल्छौ भन्ने ,
पछाडी बाट आफ्नैले, दराएझै लाग्यो |
सबैको सामु नङ्ग्याई, के पायो तिमीले ,
तुच्च बोली व्यबहारले, पराएझै लाग्यो |