भूपू सांझ-२०१७ का कलाकारहरुलाई बिदाई तथा सम्मान !


मुक काजी (काजी) गुरुङ, हङकङ
२९ में २०१७ का दिन भारतीय गोर्खा भूपू सैनिक संघ हङकङको आयोजनामा नेपाल राष्ट्रिय आविष्कार केन्द्रको सहयोगार्थ भारतीय गोर्खा भूपू सांझ-२०१७ का कलाकारहरुलाई एक कार्यक्रम बिच भारतीय भूपू रेष्टुरेन्ट एण्ड बार, जोर्डनमा बिदाई तथा सम्मान गरेका छन।
भारतीय गोर्खा भूपू सैनिक संघ हङकङका अध्यक्ष जजिन चाम्लिङ राईको अध्यक्षतामा कार्यक्रम संयोजक मुक काजी (काजी) गुरुङ, कार्यक्रममा नेपालबाट आमन्त्रित कलाकारहरु चर्चित लोक दोहोरी गायक मिलन लामा, शिव परियार, शर्मिला गुरुङ, सरला राई, शान्ति गुरुङ,सुजन तिगेला लिम्बु, तिष्ण घर्तीमगर, डम प्रकाश पुन र आरुसी मगर, संघका वरिष्ठ उपाध्यक्ष मन प्रसाद गुरुङ, उपाध्यक्ष कलजित गुरुङ, संघकै सल्लाहकार याम बुढाथोकी, किरण गुरुङ,यसैगरि किरात राई यायोक्खाका अध्यक्ष तथा नेपालबाट आमन्त्रित कलाकारहरुको भिसा आवेदनमा बिशेष सहयोग गर्नुहुने रजिन राईलाई मञ्चमा अतिथिको रुपमा आसिन गराएका थिए। यसैगरि संघका केही विशिष्ट पदाधिकारीहरुलाई पनि आसिन गराएका थिए।

वरिष्ठ उपाध्यक्ष मन प्रसाद गुरुङको स्वागत मन्तब्य रहेको कार्यक्रमलाई संघकै सचिव दुर्योधन लिम्बुले सञ्चालन गरेका थिए।स्वागत मन्तब्य लगतै नेपालबाट आमन्त्रित कलाकारहरु लाई कार्यक्रम संयोजक मुक काजी (काजी) गुरुङले खादा लगाई सम्मान गरे भने कोषाध्यक्ष कृष्ण प्रसाद गुरुङले मायाको चिनो प्रदान गरे। यसैगरि अध्यक्ष जजिन चाम्लिङ राईले सम्मान पत्रद्वारा सम्मान गरे।कार्यक्रममा आमन्त्रित कलाकारहरुले भारतीय गोर्खा भूपू सैनिक संघलाई कार्यक्रममा आमन्त्रण गरेकोमा धन्यवाद ब्यक्त गर्दै भारतीय गोर्खा भूपूको माया र सम्मानलाई कहिल्यै नभुल्ने बताए। यसैगरि मन्तब्यकै क्रममासल्लाहकार याम बुराथोकी, कार्यक्रम संयोजक मुक काजी गुरुङले कार्यक्रम सफल पार्नको निम्ति कलाकारहरुले गरेका प्रस्तुतिको कदर गर्दै कार्यक्रम भब्य तथा सभ्यका साथ सम्पन्न भएको भन्दै धन्यवाद सहित सम्मान ब्यक्त गरे।यसैगरि किरात राई योक्खाका अध्यक्ष रजिन राईले पनि भारतीय गोर्खा भूपू सांझ-२०१७ निकै नै भब्य रुपमा सम्पन्न भएको भन्दै भारतीय गोर्खा भूपू सैनिक संघ हङकङ र नेपालबाट आमन्त्रित कलाकारहरुको प्रस्तुतिलाई सम्मान ब्यक्त गर्दै बधाई ज्ञापन ब्यक्त गरे।

अन्तमा, अध्यक्ष जजिन चाम्लिङ राईले पनि कलाकारहरुको प्रस्तुतिलाई सम्मान ब्यक्त गर्दै कार्यक्रम सफल पार्नको निम्ति कलाकारहरुको मुख्य भूमिका रहेको बताए र साङ्गीतिक भ्रमणकै क्रममा छोटो समयको हङकङ बसाईको सफलताको कामना गरे । बिदाई तथा सम्मान कार्यक्रममा बिबिध कारणले भूपू सांझ सफलता पूर्वक सम्पन्न गर्नको लागि सहयोग गर्नुहुने मुख्य प्रायोजकहरुलाई आमन्त्रण गर्न नसकेको भन्दै कार्यक्रमबाटै माफी मागे। यसै गरि बिदाई तथा सम्मान कार्यक्रममा उपस्थितजनहरुलाई उपस्थितिको लागि धन्यवाद ब्यक्त गर्दै कार्यक्रम लाई समापन गरे।कार्यक्रममा कलाकारहरुलाई उपस्थित केहि ईच्छुकहरुले आफ्नो स्वेच्छाले मायाको चिनो प्रदान गरे भने लोक गायिका शर्मिला गुरुङले उपस्थित भूपूहरुलाई मायाको चिनो स्वरुप भाद गाउंले टोपी ओढाएदिए। यसैगरि अर्की लोक दोहोरी गायिका तिष्ण घर्तीमगरले अध्यक्ष जजिन चाम्लिङ लगायत कार्यक्रम संयोजक मुक काजी (काजी) गुरुङ, वरिष्ठ उपाध्यक्ष मन प्रसाद गुरुङ र सल्लाहकार याम बुराथोकीलाई मगरहरुको कल्चर पोशाक भाङ्ग्रा लगाए दिएका थिए।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )