राजपाभित्र विवाद चर्कियो


प्रधानमन्त्री चुनाव र दल दर्ताको बिषयमा बिवाद
बसन्त बस्नेत, काठमाडौं
निर्वाचन आयोगमा दल दर्ता गर्न अनिच्छुक देखिदै आएका महेन्द्र यादवलाई आइतबारै निर्वाचन आयोग लगियो
जेष्ठ २२, २०७४- नेतृत्वबीच आन्तरिक विवाद बढेपछि आइतबार हुने भनिएको प्रधानमन्त्री चुनाव र दल दर्ता’bout राष्ट्रिय जनता पार्टी टुंगोमा पुग्न सकेन । प्रधानमन्त्री चुनावमा कांग्रेस सभापति शेरबहादुर देउवालाई समर्थन गर्ने राजपाको तयारी रहे पनि निर्वाचन आयोगमा दल दर्ताको विषय बीचमा आएपछि राजपा बैठक अनिर्णित बन्न पुग्यो । त्यसै कारण उसले देउवालाई समथर्न गर्ने औपचारिक घोषणा गर्न सकेन । दल दर्ताका लागि चाहिने पार्टी विधान र घोषणापत्र अन्तिम रुप दिन बसेका शनिबार र आइतबारका दुवै बैठक विवादपूर्ण बनेपछि राजपाले सोमबार बिहान ९ बजे फेरि बैठक राखेको छ ।

‘बैठक टुंगोमा पुगेन, त्यसको कारण मैले भन्न मिल्दैन,’ राजपाका एक उच्च नेताले भने, ‘महेन्द्र यादवजी स्थानीय चुनावमा जानुपर्छ भन्नेमा हुनुहुन्छ, अरु केही नेताको पनि त्यस्तै भावना छ । उहाँहरुलाई अरु कसैले प्रभावित पारेको हो कि भन्ने हाम्रो आशंका छ । भोलि बैठकमा यस’bout खुलेरै कुराकानी हुन्छ ।’

तर अध्यक्ष मण्डलका नेताहरु राजेन्द्र महतो, राजकिशोर यादवले भने यसअघिको प्रधानमन्त्री चुनावमै राजपाले यो गठबन्धनलाई सघाउने निर्णय गरिसकेकाले प्रधानमन्त्री चुनावमा देउवालाई सघाउने बताए । महतोले चुनावमा देउवालाई ‘सघाउन नपर्ने कारण नरहेको’ भन्दै यसअघि नै सहयोग गर्ने बताइसकेका छन् ।

‘अहिलेकै गठबन्धनलाई सघाउनुपर्छ भन्ने हाम्रो प्रष्ट नीति छ, चुनाव नभएकाले मात्रै हामी नगएका हौं,’ राजकिशोर यादवले भने, ‘विगतमा भएका सम्झौता’bout देउवाजीको प्रष्ट धारणासहित हामी उहाँलाई सघाउन चाहन्छौं ।’ पार्टी घोषणा भएको आइतबार ४५ दिन पुगे पनि विधान, दल दर्ताको घोषणापत्र नहँुदा राजपाभित्र मनोमालिन्य बढेको छ ।

स्रोतका अनुसार महेन्द्र यादवले निर्वाचन आयोगमा तत्कालै जान आनाकानी गरेपछि अरु नेता उनलाई मनाउन सक्रिय छन् । बैठक सकिने बित्तिकै राजकिशोर यादवले महेन्द्रलाई आफ्नै गाडीमा राखेर आइतबार प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादव भेट्न निर्वाचन आयोग गएका थिए । आयुक्त यादवले दल दर्ताको औपचारिक चिठीबाहेक विधान, घोषणापत्र आइनपुगेकाले निर्धारित समय गुज्रिएर फरक नपर्ने भन्दै समझदारी गरेर आयोगमा आउन सुझाएको स्रोतले बतायो ।

वैशाख ७ गते ६ मधेसी घटक मिलेर एकीकृत राजपाभित्र दोस्रो तहको स्थानीय चुनाव सकार्ने कि नसकार्ने भन्ने विषयमा विवाद बढै गएको छ । मधेसमा पकड भएको अर्को घटक संघीय समाजवादी फोरम नेतृत्वलाई महेन्द्र यादवसहित अरु केही नेतालाई चुनावमा जानुपर्छ भन्ने पक्षमा प्रभावित पारिरहेको राजपा नेताहरुले आरोप लगाएका छन् । फोरम यसअघि नै चुनावमा सक्रिय छ ।

जिल्लाहरुमा राजपाले चुनाव विरोधी गतिविधि तीव्र पारेसग त्यसका कतिपय कार्यकर्ता चुनावमा उम्मेदवारी दिने योजनासहित अन्य दल प्रवेश गर्न थालेको भन्दै महेन्द्रले अब चुनावमा जान ढिलाई गर्न नहुने बताउदै आएका छन् । नेता वृषेशचन्द्र लालले पार्टीभित्र विभिन्न विचार आउनु अनौठो नभएको भन्दै थपे, ‘तर जे भए पनि संविधान संशोधन नहुन्जेल राजपा यो चुनावमा भाग नलिने निश्चित छ । हामी निर्वाचनको विरोध र अवरोध नै गर्छौं ।’(कान्तिपुर )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )