कुबेत नेपालडटकम
जून ५, कुवेत । अन्तराष्ट्रिय नेपाली समाज (नयाँ शक्ति ) कुवेतले आगामी जुन ३० मा आयोजना गर्न लागेको अन्तरक्रिया तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रमको लागि नयाँ शक्ति पार्टी रास्ट्रिय मामिला संयन्त्र संयोजक परशुराम तामाङ कुवेत आउने भएका छन ।
नेपालमा राजनीतिक परिबर्तनको एउटा शृंखला लगभग पुरा भयो अबको प्रमुख कार्यभार भनेको देशलाई तिब्र आर्थिक वृद्धि तिर लगी २५ बर्षभित्र सन्सारको धनि राष्ट्र बनााउन बाबुराम भटराई को नेतृत्वमा गठन भएको पार्टी छोटो समयमा देश बिदेशमा आफ्नो सन्जाल विस्तार गरिसकेको छ ।
नयाँ शक्ति पार्टी नेपालले अगाडी सारेका आर्थिक समृद्धिका एजेन्डा र प्रबासमा बसेका नेपालीहरुको भूमिकाको ’boutमा व्यापक छलफल हुने कुरा अन्तराष्ट्रिय नेपाली समाज कुवेतका अध्यक्ष निर्मल कुमार स्याङ्तान तामाङले परदेशी ख़बरलाई जानकारी दिएका छन ।
उक्त कार्यक्रममा कुवेत स्थित दुताबास, क्रियाशील संघ संस्था , बुद्धिजीवी ,पत्रकार लगाएत सबै क्षेत्रलाइ निमन्त्रणा गरिएकोले जुन ३० को दिन कुनै कार्यक्रम नजुधाई दिनको लागि बिशेष अनुरोध अध्यक्ष निर्मल स्याङ्तान तामाङले गर्नु भएको छ ।
स्थान – राजधानी प्यालेस खैतान
मिति – ३०-०६-२०१७
समय – दिनको १२ बजे (शुक्रबार )