रियल मड्रिडले बनायो रेकर्ड, च्याम्पियन्स लिगको उपाधि रक्षा


२१ जेठ, काठमाडौं । क्रिष्टियानो रोनाल्डोको दुई गोलको मदतमा रियल मड्रिडले च्याम्पियन्स लिगको उपाधि रक्षा गरेको छ ।

यससँगै रियललगातार दुई सिजन च्याम्पियन्स लिगको उपाधि जित्ने पहिलो क्लब समेत बनेको छ । साथै रियलको यो १२ औं कीर्तिमानी उपाधि समेत हो ।शनिबार राति भएको फाइनलमा रियल मड्रिडले इटालियन च्याम्पियन युभेन्टसलाई ४-१ गोल अन्तरले हराएको छ ।कार्डिफमा भएको खेलमा रियलले २० औं मिनेटमा रोनाल्डोको गोलबाट अग्रता लिएको थियो । २७ औं मिनेटमा युभेन्टसका मारियो मान्जुकिजले बराबरी गोल फर्काए र पहिलो हाफ १-१ को बराबरीमा सकियो ।

तर, दोस्रो हाफमा युभेन्टसले रियल मड्रिडलाई रोक्न सकेन । ६१ औं मिनेटमा कासिमेरोले गोल गर्दै टिमलाई २-१ अग्रता दिलाए भने तीन मिनेटपछि नै रोनाल्डोले दोस्रो गोल गरे । र, रियल ३-१ ले अगाडि रहृयो ।खेलको ८४ औं मिनेटमा युभेन्टसलाई अर्को झड्का लाग्यो । उसका जुआन रातो कार्ड खाँदै मैदानबाट बाहिरिए र युभेन्टस १० खेलाडीमा सिमित भयो ।

९० औं मिनेटमा एसेन्सिओले गोल गरेपछि रियल मड्रिड ४-१ ले विजयी भएको छ ।रियल मड्रिड च्याम्पियन्स लिगमा लगातार दुई सिजन उपाधि जित्ने पहिलो टिम बनेको छ । साथै लिगमा ५०० बढी गोल गर्ने टिम पनि बनेको छ ।

साभार-अन्लाईन खबरडटकम

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )