भारतीय गोर्खा भूपू सांझ -२०१७ भब्यताका साथ सम्पन्न !


मुक काजी गुरुङ, हङकङ

भारतीय गोर्खा भूपू सैनिक संघ हङकङको आयोजनामा यहि २८ में २०१७ अाईतबारका दिन युनलोंगस्थित थिएटर हलमा निकै भब्यताका साथ नेपाल राष्ट्रिय आविष्कार केन्द्रको सहयोगार्थ “भारतीय गोर्खा भूपू सांझ- २०१७ ” सम्पन्न भएको छ।
कार्यक्रममा नेपालबाट बहुचर्चित कलाकार देखि नव- प्रतिभा कलाकारहरुलाई आमन्त्रण गरिएको थियो। आमन्त्रित कलाकारहरुमा चर्चित लोक तथा दोहोरी गायक मिलन लामा, यसैगरि अर्का चर्चित लोक दोहोरी गायिका शर्मिला गुरुङ, चर्चित गजल तथा आधुनिक गायक शिव परियार, लोक तथा आधुनिक गायिका शान्ति गुरुङ, सरला राई, सुजन तिगेला लिम्बु, लोक दोहोरी गायिका तृष्ण घर्तीमगर, लोक गायक डम प्रकाश पुन र मोडेल तथा नृत्याङ्गना आरुसी मगर यसैगरी स्थानीय कलाकारहरु कश्मिना गुरुङ, मनिष गुरुङ र प्रितिका थापाको पनि प्रस्तुति रहेको थियो।

संघका अध्यक्ष जजिन चाम्लिङ राईको अध्यक्षतामा छोटो औपचारिक कार्यक्रमबाट शुरुवात गरिएको कार्यक्रममा संघका संस्थापक अध्यक्ष जंग बहादुर गुरुङ प्रमुख अतिथिको रुपमा मञ्चमा आसिन थिए भने कार्यक्रम संयोजक मुक काजी गुरुङ, हङकङ नेपाली महांसंघका अध्यक्ष रिता गुरुङ, यसै गरि ब्रिटिश गोर्खा भूपू का अध्यक्ष हेम प्रताप गुरुङ बिशेष अतिथिको रुपमा आसिन थिए। कार्यक्रमलाई बिशेष सहयोग गर्नुहुने लगभग २ दर्जन प्रायोजकहरुलाई पनि मञ्चमा आसिन गराएका थिए। यसै क्रममा संघका प्रायोजक दाताहरुको धर्मपत्नीहरु समेतलाई मञ्चमा आसिन गराएका थिए। अतिथिहरुलाई मञ्चमा आसिन गराए पस्चात नेपाली राष्ट्रिय गानबाट कार्यक्रमलाई अगाडि बढाएका थिए भने सामूहिक रुपमा बेलुन फुटाएर कार्यक्रमको उद्ध्घाटन गरिएता पनि प्रमुख अतिथिको हातबाट रिबन काटेर कार्यक्रमको उद्ध्घाटन गरिएको थियो। कार्यक्रम उद्ध्घाटन लगतै कार्यक्रम संयोजक मुक काजी गुरुङले कार्यक्रमको ’boutमा जानकारी गराउंदै उपस्थित दर्शक महानुभावहरु,पत्रकार सहकर्मीहरु लगायत बिभिन्न क्षेत्रबाट प्रत्यक्ष, अप्रत्यक्ष रुपमा कार्यक्रमलाई सहयोग गरेका सहयोगी मनहरुलाई धन्यवाद
ब्यक्त गरेका थिए। यसैगरी प्रमुख अतिथि जंग बहादुर गुरुङ र अध्यक्ष जजिन चाम्लिङ राईले पनि धन्यवाद ज्ञापन ब्यक्त गरेका थिए।

संघका सचिव दुर्योधन लिम्बुले सञ्चालन गरेको औपचारिक कार्यक्रम पश्चात साङ्गीतिक कार्यक्रमलाई चलचित्र लेखन, निर्देशक तथा चलचित्र कर्मी सुबाश गुरुङले निकै नै मनोरञ्जनात्मक ढंगले सञ्चालन गरेका थिए।

स्थानीय बाल कलाकार मनिष गुरुङको मेरो दुर्लुङ गाउं भन्ने गीतको सुन्दर नृत्यबाट शुरुवात गरिएको कार्यक्रममा नेपालबाट आमन्त्रित लोक गायक डम प्रकाश पुनले पहिलो प्रस्तुति स्वरुप आफ्ना लाहुरे गीत र चिनजान नामक लोक भाकाका गीतहरु पस्के भने अर्का नव-चर्चित गायक सुजन तिगेला लिम्बुले हौ लाखे, जति हेरे यसैगरि पप्पी देउन जस्ता आफ्ना चर्चित गीतहरु पस्किएर दर्शकहरुलाई मनोरञ्जन दिलाएका थिए। यसैगरि स्थानीय कलाकार प्रितिका थापाले अाउंदै गर्नु बालाकोट भन्ने गीतको बोलमा नृत्य प्रस्तुत गरेकी थिईन भने अर्का लोक दोहोरी गायिका तिष्ण घर्तीमगरले सालै जो र बनै भरी छ भन्ने आफ्ना चर्चित गीतहरु पस्किएर दर्शकहरुलाई भरपूर मनोरञ्जन दिएका थिए। क्रमिक रुपमा नव प्रतिभा मोडल तथा नृत्याङ्गना आरुसी मगरले हिजो राती सपनीमा, उधेर्को चोली जस्ता गीतहरुमा शानदार नृत्यहरु प्रस्तुत गरेर अत्याधिक दर्शकहरुको माया बटुल्न सफल भएकी थिईन । कार्यक्रममा दोस्रो पटक भूपूको कार्यक्रममा आउंने मौका पाएकी गायिका सरला राईले पनि बुकी फुल्यो, सरासर र तिम्रो माया जस्ता चर्चित गीतहरु गाएर दर्शकहरुलाई स्टेजमा नचाउंन सफल भएकी थिईन भने लगतै स्थानीय बाल कलाकार कश्मिना गुरुङले पनि स्याङ्जा बजार झलल,अांधीखोला सललल भन्ने गीतको बोलमा आफ्नो प्रस्तुति पस्किन। यसैगरि अर्का आधुनिक गायिका शान्ति गुरुङले मलाई चौबन्दी चोलीले राम्री देखियो, दुर्लुङ गाउं र काठमाण्डौ आएसी बदलिए भन्ने नयाँ गीत पस्किएका थिईन भने चर्चित लोक दोहोरी गायिका शर्मिला गुरुङले पनि आफ्ना चर्चित गीतहरु हैन अरुको , शर्मिला तिलक, सिरसिर जस्ता झ्याउरेभाकाका गीतहरु पस्केर दर्शकहरुलाई स्टेजमा नै नचाएका थिए । यसैगरि चर्चित आधुनिक तथा गजल गायक शिव परियारले पिलायो साथीले लगायत अन्य चर्चित गीतहरु गाएर दर्शकहरुलाई भरपूर मनोरञ्जन दिलाए भने कार्यक्रमको अन्ततिर वरिष्ठ संगीतकार चेतमान गुरुङ सहितको सप्तरङ्गी कला केन्द्र हङकङका बाद्यबादन समूहको साथमा स्टेजमा देखिएका चर्चित लोक गायक मिलन लामाले उखान टुक्का जस्ता रमाईला कुराहरु गरेर सबैलाई हंसाउदै जाम क्यारे जाम क्यारे लगायत अन्य केही नयाँ गीतहरु पस्केका थिए। समयको अभावमा आफ्ना एकल प्रस्तुतिलाई बिट मार्दै अन्तिम प्रस्तुति मिलन लामा, शर्मिला गुरुङ, तिष्ण घर्तीमगर र डम प्रकाश पुनले सामूहिक रुपमा गोर्खा मनकामना गीतको बोलमा दोहोरी गाउंदै रातको ११ बजेसम्मको कार्यक्रमलाई १ घण्टाको समय थप्दै १२ बजे मात्रै साँगीतिक कार्यक्रम सकिएको थियो।

स्मरण रहोस, कार्यक्रमको शुरुवातमा पल्टन घरको ठूला ठूला कार्यक्रमहरुमा प्रयोग गरिने टेबल ड्रिल परेड पनि प्रदर्शन गरिएको थियो भने कार्यक्रममा ८०० देखी ८५० सम्म दर्शकहरुको सहभागिता रहेको थियो।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )