चुणामणि शर्माको प्रतिक्रिया, ‘मेरो पक्राउ कानुन र विधि विधानकै अपमान’


शर्मालाई म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराइयो
कृष्ण ज्ञवाली, काठमाडौं
जेष्ठ २१, २०७४- राजस्व निर्धारणमा अनियमितता आरोपमा पक्राउ परेका आन्तरिक राजस्व विभागका महानिर्देशक चूडामणि शर्माले अख्तियारले कानुनको अपमान गरेको प्रतिक्रिया दिएका छन् । आइतबार बिहान विशेष अदालतमा उपस्थित गराइएका शर्माले सञ्चारकर्मीसित संक्षिप्त प्रतिक्रिया दिंदै आफ्नो पक्राउ कानुन र विधि विधानकै अपमान भएको जिकिर गरे । ‘सरकारले कानुन अनुसार आयोग बनाएको र सरकारकै आदेश पालना गरेर आयोगमा बसेको अवस्थामा आयोगको काम कारबाहीलाई छानबिनको गर्नु विधि विधानकै अपमान हो,’ उनले भने ।

इजलासमा पेस गरेपछि आइतबार नै विशेष अदालतले म्याद थपको अनुमति दिनेछ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘अनुसन्धानरत विषयमा प्रमाण नष्ट गर्न सक्ने’ आशंकामा शर्मालाई शुक्रबार पक्राउ गरेको हो । उनलाई आन्तरिक राजस्व विभागबाटै अख्तियारको टोलीले पक्राउ गरेको हो ।

अख्तियारको गिरफ्तारीसँगै सचिव हुने रोलक्रममा रहेका विवादास्पद पृष्ठभूमिका शर्मा निलम्बित भएका छन् ।

(कान्तिपुर )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )