Daily Archives: 04/06/2017

एमालेले संसदको अवरोध कायमै राख्ने


२१ जेठ, काठमाडौं । चितवनको भरतपुर महानगरपालिका वडा नं. १९ मा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णयबाट असन्तुष्ट बनेको प्रमुख विपक्षी दल नेकपा एमालेले व्यवस्थापिका संसदको अवरोध कायमै राख्ने भएको छ । भरतपुर महानगरमा मतगणना सुचारु गर्न माग गर्दै एमालेले लगातार संसद अवरुद्ध पार्दै आएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

चुणामणि शर्माको प्रतिक्रिया, ‘मेरो पक्राउ कानुन र विधि विधानकै अपमान’


शर्मालाई म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराइयो
कृष्ण ज्ञवाली, काठमाडौं
जेष्ठ २१, २०७४- राजस्व निर्धारणमा अनियमितता आरोपमा पक्राउ परेका आन्तरिक राजस्व विभागका महानिर्देशक चूडामणि शर्माले अख्तियारले कानुनको अपमान गरेको प्रतिक्रिया दिएका छन् । आइतबार बिहान विशेष अदालतमा उपस्थित गराइएका शर्माले सञ्चारकर्मीसित संक्षिप्त प्रतिक्रिया दिंदै आफ्नो पक्राउ कानुन र विधि विधानकै अपमान भएको जिकिर गरे । ‘सरकारले कानुन अनुसार आयोग बनाएको र सरकारकै आदेश पालना गरेर आयोगमा बसेको अवस्थामा आयोगको काम कारबाहीलाई छानबिनको गर्नु विधि विधानकै अपमान हो,’ उनले भने । पढ्नेक्रम जारी राख्नुहोस्

रियल मड्रिडले बनायो रेकर्ड, च्याम्पियन्स लिगको उपाधि रक्षा


२१ जेठ, काठमाडौं । क्रिष्टियानो रोनाल्डोको दुई गोलको मदतमा रियल मड्रिडले च्याम्पियन्स लिगको उपाधि रक्षा गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

भारतीय गोर्खा भूपू सांझ -२०१७ भब्यताका साथ सम्पन्न !


मुक काजी गुरुङ, हङकङ

भारतीय गोर्खा भूपू सैनिक संघ हङकङको आयोजनामा यहि २८ में २०१७ अाईतबारका दिन युनलोंगस्थित थिएटर हलमा निकै भब्यताका साथ नेपाल राष्ट्रिय आविष्कार केन्द्रको सहयोगार्थ “भारतीय गोर्खा भूपू सांझ- २०१७ ” सम्पन्न भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्