हाम्रो संचारको कार्यकारी सम्पादकमा राज मल्ल र सम्पादकमा कमल ठकुरी नियुक्त


जुन २, कुवेत । कुवेतबाट सञ्चालित हाम्रो संचार डटकमले कार्यकारी सम्पादकमा राज मल्ल नियुक्त गरेको छ । कुवेतको मालिया स्थित चौतारी रेस्टुरेन्टमा आज बसेको उक्त अनलाईनको सलाहाकार समितिको बैठकले मल्ललाई कार्यकारी सम्पादकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

चार वर्षदेखि कुवेतमा रहेर पत्रकारितामा सक्रिय राज मल्ल यसअघि तितोपाटी डटकममा कार्यकारी सम्पादकको रुपमा काम गरिसकेका थिए । लगभग दुइ वर्षदेखि तितोपाटी डटकममा कार्यरत मल्ल पछिल्लो समय तितोपाटीबाट बाहिरिएर खाली बसेका थिए । तितोपाटीमा मल्लले सामाजिक, राजनीतिक, प्रवासीको बेतिथीमा कलम चलाउँदै आएका थिए । अनलाइन पत्रकारितामा लामो समयदेखि आबद्ध पत्रकार मल्लले कुवेतमा कार्यक्रम जम्काभेट सञ्चालकको रुपमा पनि पत्रकारिताको अनुभव बटुलेका छन्।

नव नियुक्त मल्लले लेखक तथा कार्यकारी सम्पादकका रुपमा हाम्रो संचार डटकमसँग आबद्ध रहने उक्त अनलाईनले जानकारी दिएको छ । पदभार ग्रहणपछि मल्लले जिम्मेवार, नागरिकमुखी सम्पादकको रुपमा सामाजिक उत्तरदायित्व बहन गर्दै सशक्त प्रस्तुति आफ्नो प्राथमिकता रहेको बताए।

यसैगरी केही महिना अघि देखि हाम्रो संचार डटकममा काम सुरु गरेका कमल ठकुरीलाई समेत प्रमुख समाचारदाताबाट बढुवा गरी सम्पादक बनाइएको छ । कमल ठकुरीसँग छापा तथा विद्युतीय सञ्चारमाध्यममा काम गरेको अनुभव रहेको र उनले रेडियो, अनलाईन न्यूज सेवा लगायतका सञ्चार संस्थामा कामको अनुभव रहेको उल्लेख गरेको छ । नियुक्ति पछी सम्पादक ठकुरीले आफु मन, वचन र कर्मले सदैव पत्रकारितामा समर्पित भइरहने प्रतिवद्वता व्यक्त गरेका छन्।

मल्ल र ठकुरीले हाम्रो संचार डटकमलाई अझै परिस्कृत र चुस्त बनाउँदै लैजाने अपेक्षा सहित सलाहाकार समितिका तर्फबाट ठाकुर प्रसाद पौडेल , रबि बन्जाडे, गणेश रावत , टिकाराम आचार्य, जीवन सुनार, राजु कार्कीले स्वागत तथा खादा लगाई स्वागत गरेका थिए । भने प्रधान सम्पादक गोपाल सिवा एवम् कार्यकारी सम्पादक प्रदिप नेपालीले राज मल्ल र कमल ठकुरीको आबद्धताले हाम्रो संचार डटकमलाई थप उचाई प्राप्त हुने विश्वास व्यक्त गरेका थिए ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )