गैर आवास्य नेपाली संघ (एनआरएनए) कुवेतको पाँचौं अधिवेशन अगष्ट १८ मा


कुबेत नेपालडटकम

जुन २, कुवेत । गैर आवास्य नेपाली संघ (एनआरएनए)/ राष्ट्रिय समन्वय परिषद (एनसीसी) कुवेतले आफ्नो पाँचौं अधिवेशन अगष्ट १८ तारिक शुक्रबार आयोजना गर्ने भएको छ । संघको हिजो साँझ बसेको बैठकले उक्त निर्णय गरेको हो ।

पाँचौं अधवेशनमा आफ्नो कार्यकालको गतिविधी सहितको स्मारिका प्रकाशन र सार्वजानिक गर्ने र केन्द्रिय र क्षेत्रिय प्रतिनिधी सहितको उपस्थितीमा आयोजना गर्ने पनि बैठकले निर्णय गरेको छ । परिषदको पञ्जिकृत सदस्यता फर्मभर्ने र यसभन्दा पहिले १८० दिन कटेकाहरुलाई पञ्जिकृत सदस्यता दिईने गरिएकोमा अब भने पञ्जिकृत सदस्यता पाउन २ वर्ष कटेको हुनुपर्ने केन्द्रको परिवर्तित विधान अनुरुप हुने र पञ्जिकृत सदस्यता शुल्क ३ केडी ५ सय फिल्स तोकेको छ । यसअघि पञ्जिकृत सदस्यता शुल्क २ केडी रहेकोमा केन्द्रबाट १० डलर बनाएको कारण यसपटकको पञ्जकृत सदस्यताको पुरै जस्तो रकम केन्द्रमा जानेगरी सदस्यता शुल्क तोकिएको हो । यसभन्दा पहिले ५ डलर मात्र केन्द्रमा पठाउनु पर्ने उल्लेख थियो । तर भूकम्प पीडितहरुको लागि गोर्खामा निर्माण गर्न लागिएको वस्ति निर्माणको सहयोगार्थ हरेक पञ्जिकृत सदस्यहरुबाट अतिरिक्त ५ डलर थप गरी १० डलर बनाईएको हो ।

परिषदले स्मारिका प्रकाशनको लागि महासचिव अमित राई र सचिव हरी लावतीलाई जिम्मा दिएको छ । स्मारिकामा आफ्ना लेख रचनाहरु प्रकाशित गर्न चाहानेहरुलाई उचित स्थान दिईने पनि निर्णय गरेको छ । परिषदको पञ्जिकृत सदस्यता फर्मभर्ने र यसभन्दा पहिले १८० दिन कटेकाहरुलाई पञ्जिकृत सदस्यता दिईने गरिएकोमा अब भने पञ्जिकृत सदस्यता पाउन २ वर्ष कटेको हुनुपर्ने केन्द्रको परिवर्तित विधान अनुरुप हुने र पञ्जिकृत सदस्यता शुल्क ३ केडी ५ सय फिल्स तोकेको छ । यसअघि पञ्जिकृत सदस्यता शुल्क २ केडी रहेकोमा केन्द्रबाट १० डलर बनाएको कारण यसपटकको पञ्जकृत सदस्यताको पुरै जस्तो रकम केन्द्रमा जानेगरी सदस्यता शुल्क तोकिएको हो । यसभन्दा पहिले ५ डलर मात्र केन्द्रमा पठाउनु पर्ने उल्लेख थियो । तर भूकम्प पीडितहरुको लागि गोर्खामा निर्माण गर्न लागिएको वस्ति निर्माणको सहयोगार्थ हरेक पञ्जिकृत सदस्यहरुबाट अतिरिक्त ५ डलर थप गरी १० डलर बनाईएको हो ।
परिषदले स्मारिका प्रकाशनको लागि महासचिव अमित राई र सचिव हरी लावतीलाई जिम्मा दिएको छ । स्मारिकामा आफ्ना लेख रचनाहरु प्रकाशित गर्न चाहानेहरुलाई उचित स्थान दिईने पनि निर्णय गरेको छ ।

अधिवेशनको तैयारीसँगै नयाँ कार्यकालका लागि प्रतिस्पर्धाको ढोका समेत खुलेको छ । कुनै समय निक्कै बिवादित रहेक एनआरएनए यस पटकको कार्यकाल भने हालसम्म बिवाद रहित र सफलता पूर्वक सम्पन्न भई कुवेतवासी नेपालीहरुको मन जित्न सफल भएको छ ।

अधिवेशनको लागि स्थान र समय र को को प्रतिनिधीहरु उपस्थित हुने भन्ने ’boutमा भने निर्णय हुन बाँकी नै छ । आर्थिक सहयोग हिजोकै बैठकमा गत महिना सुदुर पश्चिमको डोटी जिल्ला शिखरनगर नगरपालिका ८ तिलताली गाउँमा गएको बाढी पहिरोबाट १९ घरमा क्षति भई सुदुर पश्चिम सेवा समाजले आर्थिक सहयोग संकलन गरेको र उक्त अभियानमा आर्थिक सहयोगको माग गरेका कारण उक्त अभियानको लागि सुदुर पश्चिम सेवा समाजलाई ५१ केडी ( करिब साढे १७ हजार रुपैयाँ) आर्थिक सहयोग गरेको छ सहयोग मध्य पश्चिम सेवा समाज कुवेतका अध्यक्ष गणेश रावत लाई र भोजपुर जिल्लाको साल्पा सिलिचोङ गाउँपालिका स्थित श्री

लक्ष्मी साल्पा आधारभूत विध्यालयको सहयोगार्थ भोजपुर सेवा समाज कुवेतले आर्थिक सहयोगको माग गरे बमोजिम १०१ केडी (करिब ३४ हजार रुपैयाँ) भोजपुर सेवा समाज कुवेतका अध्यक्ष कोशराज राईलाई परिषदका अध्यक्ष अर्जुन तामाङले हस्तान्तरण गरेका छन् ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )