Daily Archives: 01/06/2017

देउवालाई प्रधानमन्त्री बनाउन आजदेखि बहुमतीय प्रक्रिया सुरु हुँदै


काठमाडौ : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन गर्न बिहिबारदेखि प्रक्रिया सुरु हुँदैछ । राष्टपति विद्यादेवी भण्डारीले बिहिवार सभामुख ओनसरी घर्तीलाई बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री निर्वाचन गर्न पत्र पठाएपछि देउवाले आफू नेतृत्वको सरकार गठन गर्न पहल थाल्नु हुनेछ । सहमतीय प्रक्रियाबाट प्रधानमन्त्री निर्वाचित गर्न राष्टपति भण्डारीले दिएको सात दिनको समयसीमा बुधबार रातीबाट सकिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

विदेशी जेलमा ३१८ नेपाली


कैद स्थानान्तरणको लागि द्विपक्षीय समझदारी आवश्यक : परराष्ट्र
द्विपक्षीय समझदारी गर्ने कानुन छ : पूर्व महान्यायधिवक्ता
होम कार्की , काठमाडौं
जेष्ठ १७, २०७४- प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले जघन्य अपराधमा भारतबाहेक विदेशमा जेल सजाय पाएका नेपालीको संख्या ३ सय १८ जना रहेको प्रतिवेदन तयार गरेको छ । जसमा १७ जनाले मृत्युदण्ड र ४३ जनाले जन्मकैदको सजाय पाएका छन् । प्रधानमन्त्री कार्यालय मातहत रहेको उद्धार शाखाले विदेशस्थित नेपाली दूतावास, महाबाणिज्य दूतको कार्यालयसँग समन्वय गरी जेलमा रहेको नेपालीको यकिन तथ्यांकसहितको प्रतिवेदन तयार गरेको हो । पढ्नेक्रम जारी राख्नुहोस्