Monthly Archives: जुन 2017

नयाँ शक्ति कुवेतद्वारा भोली हुने अन्तरक्रिया तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रमको लागि परशुराम तामाङ कुवेत आइपुगे


कुबेत नेपालडटकम

नयाँ शक्ति कुवेतद्वारा भोली हुने जुन ३० मा आयोजना हुन गैरहेको अन्तरक्रिया तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रमको लागि नयाँ शक्ति पार्टी रास्ट्रिय मामिला संयन्त्र संयोजक परशुराम तामाङ आज दिउसो आज अपरान्ह कुवेत आईपुगनु भएको छ पढ्नेक्रम जारी राख्नुहोस्

शौचालय गएर फर्किंदा न घर छ न परिवार..


सुवास योञ्जन
कुतकुते (दोलखा) : दोलखा भीमेश्वर नगरपालिका वडा नम्वर ९ कुतकुतेका मंगले थामीलाई अहिले सहिनस्कनुको पीडा आइलागेको छ । साथमै रहेका श्रीमती र दुई छोरीलाई पहिरोले बगाएकोसम्म पत्तो भएन । मंगलबार साझ खाना नखाई सुतेका उहाँका परिवारले ऐय्यासम्म भन्न पाएनन् । पढ्नेक्रम जारी राख्नुहोस्

खाँदबारी नगरपालिका १० को अध्यक्षमा कांग्रेस विजयी


१५ असार, संखुवासभा । जिल्ला सदरमुकाम रहेको खाँदबारी नगरपालिकामा मत परिणाम आउन थालेको छ । नगरपालिकाको वडा नं. १० मा नेपाली कांग्रेसका उमेरदवार केशवजङ थापा विजयी भएका छन् । विजयी उमेदवार थापाले ५७५ मत ल्यएका छन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका उमेरदवार वेदबहादुर चौहानले ५२५ मतल्याएका थिए ।त्यसैगरी माओवादी केन्द्रका वडाध्यक्ष उम्मदेवारले ४३ मत पाएका थिए । पढ्नेक्रम जारी राख्नुहोस्

मतदान केन्द्रलाई बिष्फोटबाट बचाउने प्रहरीको सर्वत्र प्रशंसा


असार १४, २०७४- तुलसीपुर उपमहानगरपालिका–३ स्थित आधारभूत बिद्यालय प्रतापकोट मतदान केन्द्रमा फ्याँकिएको बम तत्काल खोल्सातिर फालेर बिस्फोटबाट बचाउने प्रहरी हवल्दार दुर्गा बहादुर रानाको सर्वत्र प्रशंसा भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

राजपाको बन्दको चौतर्फी विरोध


क्रान्ति शाह
वीरगन्ज : राष्ट्रिय जनता पार्टी (राजपा) ले चुनाव नै नभएको प्रदेश नम्बर २ मा बुधबार आह्वान गरेको बन्द हडतालको चौतर्फी आलोचना भएको छ । प्रदेश नम्बर १, ५ र ७ मा बुधबार भइरहेको चुनावको विरोधमा राजपाले बुधबार मधेस र थरुहट क्षेत्रमा बन्द हडतालको आह्वान गरेको हो तर चुनाव नै नभएको प्रदेश नम्बर २ मा पनि राजपाले बन्द हडताल गरेकाले यसको आलोचना भएको हो । चुनाव नै नभएको प्रदेश नम्बर २ मा बन्द हडताल गरेर राजपाले जनतालाई सास्ती मात्र दिएको प्रदेश नम्बर २ का अन्य राजनीतिक दल, उद्योगी व्यपारी र युवा अगुवाहरुले बताएका छन् । बुधबार राजपाले गरेको बन्द हडतालको कुनै तुक नै नभएको वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष ओम प्रकाश शर्माले बताउनुभयो । पढ्नेक्रम जारी राख्नुहोस्

नेपालीलाई शरण दिन नसकिने अमेरिकी पुनरावेदन अदालतको फैसला


दिनेशजंग शाह, न्युयोर्क
फैसला असाइलमको हकमा नजिर बन्न सक्ने
असार १४, २०७४- अमेरिकाको एक पुनरावेदन अदालतले नेपालको पछिल्लो राजनीतिक एवं सामाजिक स्थितिमा सुधार आएको दाबी गर्दै नेपालीलाई राजनीतिक शरण दिन नसकिने फैसला गरेको छ । हालैको एक मुद्धामा अमेरिकी पुनरावेदन अदालत, ‘युनाइटेड स्टेटस् कोर्ट अफ अपिल्स फर द सेकेण्ड सर्किट’ले नेपालको राजनीतिक परिदृश्य सकारात्मक बन्दै गरेको र आवेदकले उल्लेख गरे जस्तो भयावह स्थिति नरहेको स्पष्ट पारेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

सरोकार समाजकुबेत द्वारा धुर्मुस-सुन्तली फाउण्डेसन लाई २ आर्थिक सहयोग


कुबेत नेपालडटकम

सेवा नै धर्म बैदेशिक रोजगारिको शिलशिलामा कुवेत नगरीमा रहि कुवेतका बिभिन्न कम्पनिहरुमा कार्यरत आफ्नो कर्मथलो बनाउँदै आएका कुवेतवासी नेपालीहरुलाई एकताको शुत्रमा आवद्द गर्दै, नेपाल कुवेत सरोकार  समाज स्थापना काल देखिनै बिभिन्न खालका सामाजिक कार्यमा कर्तब्य निष्ठ भई स्वदेश तथा विदेशहरुमा कहिले ब्याक्तिलाई, कहिले समुहलाई,कहिले गाउँसमाजलाई भने कहिले दैबी प्रकोपमाहरेक किसिमको सहयोग गर्ने र परिचयात्मक बातावरणको सिर्जना गरी सामाजिक सदभाव बढाउने र अन्य नेपाली समाजसँग सहकार्य गर्दै पढ्नेक्रम जारी राख्नुहोस्

धार्मिक तिर्थस्थल वृद्ध दिवा सेवा सदन निर्माणको लागि कुवैतबाट सहयोग


कुबेत नेपालडटकम

नवलपरासीको बुढीकाली गाँउ पलिका २ बालिघाटमा निर्माणाधीन बृद्ध दिवा सदन भवनको लागि कुवेतबाट १६ हजार नेपाली रुरुपैयाँ आर्थिक सहयोग गरेको छ l पढ्नेक्रम जारी राख्नुहोस्