१७ जेठ, काठमाडौं । सरकारले दोस्रो चरणको स्थानीय चुनाव आगामी असार १४ गते गर्ने निर्णय गरेको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले असार १४ गते चुनाव गर्ने निर्णय गरेको हो । यसअघि जेठ ३१ गतेलाई तोकिएको चुनावलाई सारेर असार ९ गते पुर्याइएको थियो । ९ गते मुस्लिम समुदायको महान पर्व परेको भन्दै चुनाव पाँच दिन पछि सारिएको हो ।
प्रदेशनम्बर १, २, ५ र ७ मा दोस्रो चरणको चुनाव हुँदैछ । पहिलो चरणको चुनाव भने ३, ४ र ६ नम्बर प्रदेशमा गत बैशाख ३१ गते सम्पन्न भएको थियो ।
सरकारले श्रीलंकाका बाढी पीडितका लागि ५० हजार डलर सहयोग गर्ने निर्णय पनि गरेको छ ।(अन्लाईनखबर )