लामा भाई, काठमान्डौ
जेष्ठ १६- नेपाल तामाङ घेदुङ कुवेतले दुवै मिर्गौला पीडित छिरिङ तामाङलाई आर्थिक सहयोग प्रदान गरेको छ ।सहयोग रकम आज जेष्ठ १६ गते काठमाडौं थाली स्थित बिरामी बस्ने डेरामा पुगेर पिडित तामाङको बुबा भक्तिराज तामाङलाई हस्तान्तरण गरिएको थियो ।
नेपाल तामाङ घेदुङ कुवेतका प्रमुख सल्लाहकार तथा केन्द्रीय सदस्य राम लामा, घेदुङ केन्द्रीय महासचिव बाबु घिसिङ, तामाङ सरोकारका प्रबन्धक हाल नागरिक न्युजमा कार्यरत बिष्णु तामाङले घेदुङ कुवेतका उपाध्यक्ष बिरबल तामाङको बिशेष पहलमा घेदुङ कुवेतबाट अलिकति मात्र भने पनि टेवा पुग्छ,एउटा इटा भए पनि थपिदिऊ भन्ने हेतुले घेदुङ कुवेतमा आबद्ध तामाङ दाजुभाई तथा दिदिबहिनीबाट संकलित रकम ३७ हजार ४ सय रुपैयाँ संयुक्त रूपमा हस्तान्तरण गरेका थिए ।
सोलुखुम्बु जिल्ला लोखिम गा.वि.स. वाड न.७ महाविर बस्ने भक्तिराज तामाङको छोरा छिरिङ तामाङको दुबै मृगौला काम नगर्ने भएको हुँदा हाल नेपाल मेडिकल कलेज हस्पिटलमा उपचार भइरहेको र उपचारको लागि हाल सम्म ५ आना जग्गा र लाखौ खर्च भैसकेको पिडितको परिवारले कुबेत नेपालडटकम लाई लाई बताए |