प्रेम देवान,नेपाल
विराटनगर १५ जेठ । किरात राई यायोक्खा प्रारम्भिक कार्य समिति विराटनगरको सातौँ अधिवेशनबाट पहिलो पटक महिला नेतृत्व उम्मेदवार चयन भएको छ ।
विराटनगर १५ विराट सामुदायिक भवनमा सोमबार भएको सातौ अधिवेशनबाट विष्णु राईको अध्यक्षतामा १९ सदस्यीय कार्य समिति चयन गरिएको छ ।
अधिवेशनले उपाध्यक्षमा सुरेन्द्र नाछिरीङ राई सचिवमा कुन्ता राई सहसचिवमा दशरथ रुम्दाली राई, कोषाध्क्षमा मधु राई र सह – कोषाध्यक्षमा दान बा. राई सर्व सम्मतले निर्वाचित भएका हुन् ।त्यसैगरी सदस्यहरुमा खड्क बा. राई, मिना राई, राधा राई, मीना राई, बर्माराज राई, जस बा. राई राम कुमार राई, बाल कुमारी राई, सविता राई, दिपक सन्चु राई, नविना राई र मैया राई रहेका छन् ।
नव निर्वाचित अध्यक्ष विष्णु राईले आफ्नो कार्यकालमा अधुरो रहेका किरात राई यायोक्खाको भवन निर्माण गर्ने तथा छरिएर रहेका किरात राई बन्धुहरुलाई एक जुट बनाएर अगाडी बढाउने प्रतिबद्धता जाहेर गरिन् ।