दुवईमा रीताको हत्या, हत्या आरोपमा बुले तामाङ पक्राउ


कुबेत नेपालडटकम

उमाकान्त पाण्डे/ मे २९ युएई । दुवईमा एक नेपाली महिलाको हत्या भएको छ । पाँचपोखरी थाङचाल गाउँपालिका–३ सिन्धुपाल्चोककी रीता वाइवाको गएको शनिबार दुवईमा हत्या भएको हो । २० बर्षिय वाइवा दुवईको अलबर्षा क्षेत्रमा रहेको एमिरेट्स हिल्समा रहेको एक भारतिय नागरिकको घरमा कामगर्दै आएकी थिईन ।
हत्या आरोपमा सोही क्षेत्रमा कार्यरत नेपाली पुरुष पक्राउ परेका छन । पाँचपोखरी थाङचाल गाउँपालिका–३ सिन्धुपाल्चोककै बुले तामाङ पक्राउ परेका हुन् । हत्यापछि वाइवाको शव बुले तामाङ कार्यरत घरको पछाडी भेटिएको थियो ।
मामा भनिने बुले तामाङ अघिल्लो साता घरविदामा भारतको दिल्लीमा रहेका परिवारलाई भेट्न गएका थिए । बिदाबाट फर्किंदा तामाङले वाइवाको प्रेमीको कागजपत्र ल्याइदिएका थिए । वाइवाले ती प्रेमीसँग केही महिना अघी इङ्गेजमेन्ट गरेकी थिइन् । त्यसैले आफ्नो प्रेमीलाई दुवई बोलाउन पासपोर्ट कपी लगायत अन्य कागजपत्र तामाङसँग मगाएकी थिइन् । त्यही कागजपत्र लिन वाइवा शनिबार तामाङ कार्यरत घरमा ट्याक्सी चढेर पुगेकी थिइन् ।

तामाङ पनि सोही क्षेत्रमा भारतिय नागरिककै घरमा घरेलु कामदारको रुपमा कार्यरत थिए । घरमालिकहरु अमेरिका घुम्न गएका बेला तामाङले वाइवालाई घरमै बोलाएका थिए । नाता नभए पनि उनीहरुले एक अर्कालाई मामा–भान्जी भनेर बोलाउने गर्दथे । वाइवा कागजपत्र लिन भन्दै तामाङको घरमा जानु अघि भारतमा रहेका प्रेमीसँग फोनमा कुरा भईरहेको थियो । प्रेमीका लागि राम्रो काम खोजेर भिसा लगाइदिने योजना बनाउँदै कागजपत्र पाएपछि फेरी फोन गर्ने बाचा गर्दै उनीहरु छुट्टिएका थिए ।
कागजपत्र पाउलिन् र फेरी फोन गर्लिन् भनेर कुरेका प्रेमीलाई चार दिनसम्म न टेलीफोन आयो न त कुनै म्यासेज । चार दिनपछि अचानक वाइवा मृत अवस्थामा भेटिएको खबर आयो । त्यो पनि एमिरेट्स हिल्स बासस्थान ’round सरसफाइ गर्ने कामदारहरुले मृतकको शव भेटाएर प्रहरीलाई खबर गरेपछि मात्रै ।

हत्या आरोपमा नेपाली पुरुष पक्राउ

नेपाली महिलाको हत्या आरोपमा नेपाली पुरुष नै पक्राउ परेका छन । पक्राउ परेका पुरुष पाँचपोखरी–३ सिन्धुपाल्चोककै ३२ बर्षिय बुले तामाङ हुन् । उनी आफुले हत्या नगरेको र आफुलाई कसैले फसाएको गुनासो गरेका छन् । तर उनी हत्यामा संलग्न भए नभएको भने पुस्टी भएको छैन । हाल तामाङलाई अनुसन्धानका लागि दुवईको अल अविरमा रहेको सेण्टर जेलमा राखिएको छ ।
तामाङको परिवारमा ४ बर्षिय छोरी र श्रीमती छिन् । उनीहरु भारतको दिल्लीमा बसोबास गर्छन् । छोरीले पनि सोहीठाउँमा अध्ययन सुरु गरेकी छन् । पक्राउ परेका तामाङले आफु फसेको र कसैले फसाएको गुनासो आफुसँग गरेको श्रीमती ठूली तामाङले बताउनुभयो ।

युएईको कानून अनुसार हत्यामा संलग्नलाई मृत्युदण्ड सम्मको सजाय दिइने कानुनी व्यबस्था छ । मृत्युदण्ड सजाय सुनाएर अन्य विकल्प समेत आएमा ब्लडमनी वा आममाफी अन्यथा मृत्युदण्डनै हुनसक्ने सरोकारवालाको भनाई छ ।
घटनामा ती व्यक्तिको संलग्नता भएको प्रष्ट प्रमाण नभेटिएपनि हत्या गरिएकी महिला बुले कार्यरत घरमा ट्याक्सी चढेर गएको सिसिटीभी फुटेजमा देखिएको दुवई प्रहरीले बताएको स्थानीय संचारमाध्यमहरुले उल्लेख गरेका छन । स्थानिय संचारमाध्यमले नेपाली महिला पुरुषकै नाम सार्वजनिक गरेको छैन ।
घटना’bout नेपाली दूतावास आबुधाबीले आधीकारीक जानकारी आइनसकेको जनाएको छ । ‘घटना’bout थाहा त पायौं तर अधिकारिक जानकारी दूतावासलाई आएको छैन’–दूतवासका प्रवक्ता तथा दितिय सचिव कृष्ण अर्यालले भन्नुभयो । साभार: उज्यालो अनलाईन ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )