Daily Archives: 29/05/2017

दुवईमा रीताको हत्या, हत्या आरोपमा बुले तामाङ पक्राउ


कुबेत नेपालडटकम

उमाकान्त पाण्डे/ मे २९ युएई । दुवईमा एक नेपाली महिलाको हत्या भएको छ । पाँचपोखरी थाङचाल गाउँपालिका–३ सिन्धुपाल्चोककी रीता वाइवाको गएको शनिबार दुवईमा हत्या भएको हो । २० बर्षिय वाइवा दुवईको अलबर्षा क्षेत्रमा रहेको एमिरेट्स हिल्समा रहेको एक भारतिय नागरिकको घरमा कामगर्दै आएकी थिईन । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

रेणु दाहाल भन्छिन्- मैले जित्न लागेपछि एमालेका साथीहरु आत्तिनुभयो


देवी ज्ञवाली भन्छन्- माओवादीले हार्ने निश्चित भएपछि मतपत्र च्यातियो
१५ जेठ, काठमाडौं । भरतपुर महानगरपालिकाको मतगणनास्थलमा मध्यराति भएको घटनालाई लिएर एमाले र माओवादी उम्मेदवारका भिन्नाभिन्नै प्रतिक्रिया बाहिर आएका छन् । माओवादीले हार्ने निश्चित भएपछि मतपत्र च्यातेको एमाले उम्मदेवार देवी ज्ञवालीले आरोप लगाएका छन् भने माओवादी उम्मेदवार रेणु दाहालले मतान्तर घट्दै गएका बेला एमालेका कार्यकर्ताले षडयन्त्र गरेको आरोप लगाएकी छिन् । ‘बदर मतको संख्यामा विवाद भयो र झडपजस्तै स्थिति आयो, त्यसपछि मतपत्र च्यात्ने काम भयो,’ माओवादी उम्मदेवार रेणुले अनलाइनखबरसँग भनिन्-‘मैले जित्ने अवस्था आउन थालेपछि एमालेका साथीहरु आत्तिनुभएको थियो, के गरौं कसो गरौं भनेर बाहना खोजिरहनुभएको थियो ।’ पढ्नेक्रम जारी राख्नुहोस्

राजपालाई सहमतिमा ल्याउन चुनाव एक साता सार्ने तयारी


आयोग र मौसमविदसँग सल्लाह गरेर सरकारले नयाँ तिथि तोक्नेछ : निधि
बसन्त बस्नेत/कुलचन्द्र न्यौपाने, काठमाडौं
जेष्ठ १४, २०७४- दोस्रो चरणको स्थानीय चुनावलगत्तै संविधान संशोधन गर्नेगरी सहमति जुटाउन आयोजित ठूला तीन दल र राजपा बैठक टुंगो नजिक पुगेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको सरकारी निवास बालुवाटारमा आइतबार रातिसम्म बसेको सत्ता घटक कांग्रेस, माओवादी केन्द्र, प्रमुख प्रतिपक्षी एमाले र राजपा नेताहरुबीचको बैठकमा राजपालाई ल्याउने शर्तमा एक साता चुनाव मिति सार्ने प्रस्ताव गरिएको छ । राजपा चुनावमा आउने सर्तमा प्रमुख प्रतिपक्ष एमालेपनि सरकारको प्रस्तावमा लचक देखिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्