काठमाडौं महानगरपालिकाको मेयरमा एमालेका विद्यासुन्दर शाक्य निर्वाचित


उपमेयरमा कांग्रेसकी हरिप्रभा खड्गी विजयी
मकर श्रेष्ठ, काठमाडौं
जेष्ठ १४, २०७४- काठमाडौं महानगरपालिकाको मेयरमा एमालेका विद्यासुन्दर शाक्य निर्वाचित भएका छन् । २० वर्षअघि एमालेकै केशव स्थापितले जितेको काठमाडौं महानगरमा निर्वाचित शाक्यले आगामी पाँच वर्षसम्म नेतृत्व गर्नेछन् । वैशाख ३१ गते भएको चुनावको दुई सातापछि घोषित परिणामअनुसार कांग्रेसका राजुराज जोशीलाई १९ हजारभन्दा बढी मतले हराउँदै शाक्य निर्वाचित भएका हुन् । उनले ६४ हजार ९ सय १३ मत पाए भने जोशीले ४५ हजार २ सय ६९ मत पाए । काठमाडौंकै लगनटोलमा वि.सं. २०२० जेठ ९ गते जन्मिएका शाक्य वडा नं २१ मा दुईपटक वडाध्यक्ष भएका थिए । २०४९ सालमा कांग्रेसले मेयर–उपमेयर जित्दा पनि एमालेबाट वडाध्यक्ष जितेका शाक्यले आफ्नो वडाबाट यसपटकको चुनावमा एक्लै ८७ प्रतिशत मत पाएर रेकर्ड बनाएका थिए ।

उपमेयरमा भने कांग्रेसकी हरिप्रभा खड्गी निर्वाचित भएकी छन् । एमालेको समर्थनमा उम्मेदवार भएका राप्रपाका राजाराम श्रेष्ठलाई भारी मतले हराउँदै खड्गी निर्वाचित भएकी हुन् ।

मेयरमा प्रतिस्पर्धी विवेकशील नेपाली दलकी रञ्जु दर्शना न्यौपानेले २३ हजार ४ सय ३९ मत र साझा पार्टीका किशोर थापाले १८ हजार ४ सय ९२ मत पाए । चौथो स्थानमा रहेका माओवादी केन्द्रका सर्वोत्तम डंगोलले ७ हजार ९ सय ६ मत पाए ।

उपमेयर निर्वाचित खड्गीले ५८ हजार ९ सय ५२ मत पाइन् भने राप्रपाका श्रेष्ठले ३४ हजार ८ सय ५४, साझा पार्टीका निरुपमा यादवले ११ हजार ५ सय ३३ र माओवादी केन्द्रका सुशीला पौडेलले १० हजार ४ सय ४८ मत पाइन् ।

काठमाडौं महानगरमा १ लाख ९७ हजार २ सय २७ मत खसेको थियो ।
(कान्तिपुर )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )