Daily Archives: 28/05/2017

प्रधानमन्त्रीद्वारा काठमाडौं–निजगढ फास्ट ट्र्याक शिलान्यास, ४ वर्षभित्र निर्माण गर्ने लक्ष्य


१४ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाडौं–निजगढ फास्ट ट्र्याकको शिलान्यास गरेका छन् ।बाराको निजगढमा आइतबार बिहान आयोजित एक समारोहबीच प्रधानमन्त्री प्रचण्डले फास्ट ट्र्याकको औपचारिक शिलान्यास गरेका हुन् । फास्ट ट्याक शिलान्यास गर्दै प्रधानमन्त्री प्रचण्डले काठमाडौं र तराईबीचको दूरी घटेको बताए । ७६ किलोमिटर लामो फास्ट ट्र्याक निर्माणको जिम्मा सरकारले नेपाली सेनालाई दिएको छ । यो द्रुत मार्गलाई ४ वर्षभित्र निर्माण सक्ने लक्ष्य राखिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

लुक्लामा दुर्घटना भएको गोमा एयरका सहचालकको पनि निधन


कुम्भराज राई, ओखलढुंगा
जेष्ठ १४, २०७४- शनिबार लुक्लामा दुर्घटना भएको गोमा एयरका सहचालक सुजन मानन्धरको पनि राति निधन भएको छ । लुक्लास्थित पासाङल्हामु निकोलनिकि अस्पतालमा उपचारको क्रममा राति ९ बजेर २५ मिनेटमा निधन भएको लुक्ला प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक यादवकुमार खड्काले बताए । पढ्नेक्रम जारी राख्नुहोस्

काठमाडौं महानगरपालिकाको मेयरमा एमालेका विद्यासुन्दर शाक्य निर्वाचित


उपमेयरमा कांग्रेसकी हरिप्रभा खड्गी विजयी
मकर श्रेष्ठ, काठमाडौं
जेष्ठ १४, २०७४- काठमाडौं महानगरपालिकाको मेयरमा एमालेका विद्यासुन्दर शाक्य निर्वाचित भएका छन् । २० वर्षअघि एमालेकै केशव स्थापितले जितेको काठमाडौं महानगरमा निर्वाचित शाक्यले आगामी पाँच वर्षसम्म नेतृत्व गर्नेछन् । वैशाख ३१ गते भएको चुनावको दुई सातापछि घोषित परिणामअनुसार कांग्रेसका राजुराज जोशीलाई १९ हजारभन्दा बढी मतले हराउँदै शाक्य निर्वाचित भएका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्