प्रधानमन्त्री दाहालले संसद्‌मा सम्बोधन गर्दै, आजै राजीनामा घोषणा हुनसक्ने


बसन्त बस्नेत, टीकाराम तामाङ, काठमाडौं
जेष्ठ ९, २०७४- प्रधानमन्त्री पुष्पकमल दाहालले म‌ंगलबार व्यवस्थापिका संसद्‌मा सम्बोधन गर्दै छन् । दिउँसो १ बजे बस्ने संसद् बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जानकारी दिएको छ । प्रधानमन्त्री दाहालका प्रेस संयोजक गोविन्द आचार्यले सरकारले अहिलेसम्म गरेका कार्य र उपलब्धि’bout प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्न लागेको कान्तिपुरलाई जानकारी दिए ।

प्रधानमन्त्री दाहालले सम्बोधनका क्रममा आजै पदबाट राजीनामा दिने सम्भावना छ । यस’bout दाहालका प्रेस संयोजक आचार्यले भने, ‘सरकारले अहिलेसम्म गरेका गतिविधि’bout स‌ंसद्‌मा प्रधानमन्त्रीले जानकारी गराउँदै हुनुहुन्छ, आजै राजीनामा दिनुहुन्छ वा पछि भन्ने कुरा उहाँकै स्वविवेकीय अधिकार हो ।’

माओवादी केन्द्र हेडक्वार्टरको सोमबार बसेको बैठकले प्रधानमन्त्री दाहालले भोलि बुधबार मात्र‌ै राजीनामा गर्ने निर्णय गरेको थियो । हेडक्वार्टर सदस्य मणि थापाले भने, ‘सोमबारको हेडक्वार्टर बैठकले भोलि मात्रै राजीनामा गर्ने निर्णय गरेको थियो तर प्रधानमन्त्री सम्बोधनकै क्रममा राजीनामा घोषणा गर्ने मनस्थितिमा पुग्नुभएको हुनसक्छ ।’

सरकार निर्माणका बेला नेपाली कांग्रेससँग भएको समझदारी अनुसार माओवादी केन्द्र अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहालले सत्ता हस्तान्तरण गर्न लागेका हुन् । अब कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नेछन् ।

दाहालले सरकारको नीति तथा कार्यक्रम पेस गर्नुअघि नै राजीनामा दिने या नदिने भन्ने’bout छलफल जारी राखेको बेला कांग्रेस नेताहरूले भने मंगलबार प्रधानमन्त्रीको राजीनामा आउने दाबी गरेका छन् । ‘अहिलेसम्म मंगलबार नै संसद्लाई सम्बोधन गरेपछि राजीनामा दिने कुरा भएको छ,’ कांग्रेस केन्द्रीय सदस्य एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले भने ।

(कान्तिपुर )

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.