काठमाडौं महानगरमा विद्यासुन्दरलाई झण्डै ९ हजारको अग्रता


८ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाको जारी मतगणना नेकपा एमालेका मेयरका उम्मेदवार विद्यासुन्दर शाक्यले कांग्रेसका राजुराज जोशीसँगको दुरी बढाउँदै लगेका छन् ।सुरुवातदेखि नै अग्रता लिएका शाक्यले सोमबार विहानसम्म आइपुग्दा झण्डै ९ हजारको अग्रता लिएका छन् । महानगरको ८८ हजार बढी मत गणना सकिएको छ । जसमा शाक्यले २९ हजार ३६८ मत पाएका छन् भने कांग्रेसका जोशीले २० हजार ३६८ हत पाएका छन् । तेस्रो स्थानमा विवेकशील नेपाली दलकी रञ्जु दर्शना छिन् । उनले ११ हजार २५७ मत पाउँदा साझा पार्टीका किशोर थापाले ८ हजार ५२३ मत ल्याएका छन् ।

उपमेयरमा खड्गी अगाडि

उपमेयरमा भने कांग्रेस उम्मेदवार हरिप्रभा खड्कीले झण्डै १० हजारको अग्रता लिएकी छन् । उनले २६ हजार ४१७ मत पाएकी छन् । दोस्रो स्थानमा राप्रपाका उम्मेदवार राजाराम श्रेष्ठ छन् । उनले १६ हजार ८२३ मत पाएका छन् । साझा पार्टीकी निरुपमा यादवले ५ हजार ४५० मत पाएकी छन् ।(अन्लाईनखबर )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )