Daily Archives: 22/05/2017

खेतको गरामा जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता


शिवराज खत्री
क्याच गर्न खोज्दा सिस्नोले पोल्छ
मंगलसेन : चारैतिर खेतीका लागि जोतिएको जमिन छ । बीचको एउटा गरामात्र खनजोत गर्न बाँकी छ । त्यही गराको पनि छेउछाउमा गोबर मल पनि छरिसकिएको छ । तर, सोही गरामा स्टम्प गाडेर जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता चलिरहेको छ । यो दृश्य हो, अछाम सदरमुकाम मंगलसेनस्थित पुरानो जिल्ला विकास समितिको कार्यालय भवनको उत्तरतर्फको खेतबारीको । त्यहाँ वैशाख ३१ गतेदेखि जिल्लास्तरिय क्रिकेट प्रतियोगिताको चौथो संस्करण सुरु भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

बजेट १२ खर्ब नाघ्ने, नीति तथा कार्यक्रम पारित


सुजित महत/नवीन अर्याल
काठमाडौं : आगामी आर्थिक वर्षको बजेटको आकार १२ खर्बभन्दा माथि पुग्ने भएको छ । सीमाभन्दा बढी हुने गरी आएका माग सम्बोधन गर्नुका साथै ठूलो रकम स्थानीय तहलाई दिनुपर्ने भएपछि बजेटको सीमा संशोधन गर्ने तयारी भएको छ । यसअघि योजना आयोगले यस वर्षको बजेटका लागि ११ खर्ब ५६ अर्ब रुपैयाँको सीमा दिएको थियो । ‘सीमा ५० अर्ब थप्न योजना आयोगसँग मौखिक सहमति भएको छ’, अर्थको बजेट महाशाखासम्बद्ध स्रोतले भन्यो । ५० अर्ब सीमा थपिए बजेटको आकार १२ खर्ब ६ अर्ब रुपैयाँ पुग्छ । सरकार जेठ १५ गते पूर्ण आकारको बजेट ल्याउने तयारीमा लागिरहेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

काठमाडौं महानगरमा विद्यासुन्दरलाई झण्डै ९ हजारको अग्रता


८ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाको जारी मतगणना नेकपा एमालेका मेयरका उम्मेदवार विद्यासुन्दर शाक्यले कांग्रेसका राजुराज जोशीसँगको दुरी बढाउँदै लगेका छन् ।सुरुवातदेखि नै अग्रता लिएका शाक्यले सोमबार विहानसम्म आइपुग्दा झण्डै ९ हजारको अग्रता लिएका छन् । महानगरको ८८ हजार बढी मत गणना सकिएको छ । जसमा शाक्यले २९ हजार ३६८ मत पाएका छन् भने कांग्रेसका जोशीले २० हजार ३६८ हत पाएका छन् । तेस्रो स्थानमा विवेकशील नेपाली दलकी रञ्जु दर्शना छिन् । उनले ११ हजार २५७ मत पाउँदा साझा पार्टीका किशोर थापाले ८ हजार ५२३ मत ल्याएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

६ अर्ब घोटालामा ४ लाख धरौटी


कृष्ण ज्ञवाली/जनकराज सापकोटा, काठमाडौं
जेष्ठ ८, २०७४- विवादास्पद लागूऔषध दुरुपयोग प्रकरणका प्रमुख अभियुक्तलाई जिल्ला अदालत काठमाडौंले ४ लाख रुपैंयाँ नगद धरौटीमा छाड्न आदेश दिएको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलाशले गत वैशाख २७ गते अदालतमा हाजिर भएका एस.आर. ड्रग ल्याब्रोटरीजका सञ्चालक सञ्जयकुमार गुप्तालाई उही दिन ४ लाख रुपैयाँ धरौटीमा रिहा समेत गरेको छ । स्रोतका अनुसार देशभर स्थानीय निर्वाचनको माहोल बढदै गर्दा फरार भनिएका एसआर ड्रगका सञ्चालकमध्येका एक गुप्ता वैशाख २७ मा जिल्ला अदालत काठमाडौंमा नाटकिय रुपमा हाजिर भएका थिए । पढ्नेक्रम जारी राख्नुहोस्