कुबेत नेपालडटकम
मे १९, कुवेत । प्रवासमा रहेर पनि आफ्नो भाषा,धर्म र सांस्कृतिकको संरक्षण तथा सम्बर्धन उद्देश्य लिएर स्थापना भएको किराँत’राई’ जातिहरुको जातिय संस्था किराँत राई यायोक्खा कुवैतले किरातीहरुको महान चाड उभौली येलेदोङ ५०७७ औं तथा प्रथम अधिवेशन हिजो कुबेत को पपिन्स हल अब्बासिया मा अत्यन्तै सौहार्दपूर्ण बातावरणमा सम्पन्न भएको छ ।
कुवेतमा १४ मार्च २०१४ मा आधिकारिक रुपमा गठन भए पश्चात किराँत राई यायोक्खा कुवै विभिन्न सामाजिक तथा साँस्कृतिक कृयाकलापहरुमा अग्रसरता जनाउँदै, अन्य नेपाली सँघ-संस्थाहरुबाट आयोजना गरिने हरेक कार्यक्रमहरुमा समेत सहयोग, सहकार्य र हातेमालो गर्दै संस्थागत रुपमा सशक्त भएर अगाडि बढेको छ ।
किरात राई यायोक्खा कुवेत शाखाको आयोजनामा सम्पन्न उभौलीको साथमा प्रथम अधिवेशन पनि सम्पन्न भएको छ । अधिवेशनले मन्जित चाम्लिङ राईको अध्यक्षतामा ६१ सदस्यिय नयाँ कार्य समिति समेत चयन गरेको छ ।किरात समुदायमा बाली लगाउने समयको साथमा चराचुरुङ्गीको वास पनि लेक तिर सर्ने यस समयमा यस समुदायले उभौली चाड र मंसिरको समयमा खेती बाली उठाउने समयमा अन्न पात राम्रोसँग भएको भनी धन्यवाद चढाउँदै उधौंली चाड परपुर्वकालको समय देखि नै मनाउँदै आइरहेको र किरात समुदायमा माइती र चेली तथा आफन्तहरुसंग भेटघाट गरेर दु:ख सुख साटासाट गर्ने गरेको पनि पाइन्छ ।
यहि संस्कृति र रितीरिवाजलाई जिवन्त राख्न र आउने पुस्ता देखि लिएर अन्य समुदायका मानिसलाई पनि चिनाउन देश भन्दा बाहिर रहेका विभिन्न देशमा यसरी मनाउँदै आईरहेको छ । यसैलाई निरन्तरता दिँदै किरात राई यायोक्खा कुवेत शाखाले पनि प्रत्येक वर्ष धुमधाम साथ मनाउने क्रममा २०१७ को मे महिनामा ५०७७ औं यलेदोङ उभौली चाड मनाइएको हो ।
कुवेतको आव्वासिया स्थित पपिन्स हलमा आयोजित कार्यक्रम कार्यवाहक अध्यक्ष श्रीमती नैनकला राईको सभापतित्व तथा नेपाली दूतावास कुवेतका कार्यबाहक राजदूत श्रीमती विन्दिराशंकर जोशीको प्रमुख अतिथ्यता र विशेष अतिथि नेपाली दूतावासका द्वितीय सचिव भोगेन्द्र लिङ्देनको साथमा कुवेतमा क्रियाशिल संघ संस्थाका प्रतिनिधिहरुको अतिथिको साथमा बुद्धिजीवी ,समाजसेवी ,खेलाडी ,पत्रकार , कलाकारको साथमा कुवेतमा रहेका नेपाली जनसमुदायको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रमलाई उपाध्यक्ष कोशराज राई र महासचिव सुधीर राईले संचालन गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि सहित सभापति र विशेष अतिथिले संयुक्त रूपमा पानासमा दियो बाल्दै उद्घाटन र राष्ट्रिय गानको साथ उद्घाटन गरिएको थियो । स्वागत मन्तव्य यायोक्खाका सदस्य माया साम्पाङ राईले दिएकी थिईन् । स्वागत मन्तव्यको क्रममा किरातहरुको पर्व उभौली र उधौलीको ’boutमा केही कुरा प्रष्ट पारेकी थिइन् ।
यहि अवसरमा नेपालको पुर्वमा प्रचालित साकेला सिली नाच यायोक्खाका कलाकारहरुले नाचका साथै कलाकारहरु सौगात राई, कविता राई र सविन दुमी राई र नेहा राईले युगल नृत्य तथा राजकुमार आठपहरिया राई र राजु थापामगरले एकल गीत प्रस्तुत गर्दै मनोरञ्जन प्रदान गरेका थिए
किरात राई यायोक्खा केन्द्र तथा विभिन्न प्रवास शाखाले पनि किरात राई यायोक्खा कुवेतलाई उभौलीको साथमा प्रथम अधिवेशनको शुभकामना सन्देश समेत वाचन गरिएको थियो ।कार्यक्रममा तमु समाज कुवेतका अध्यक्ष खोप गुरुङ, नेपाल पत्रकार महासंघ कुवेतका अध्यक्ष हरिकृष्ण न्यौपाने , कुवेतनेपाल डट्कमका प्रधानसम्पादक जय आले , तामाङ घेदुङ कुवेतका अध्यक्ष अमृत तामाङ, सुनुवार सेवा समाजका सल्लाहकार टिकारम सुनुवार लगायतले शुभकामना मन्तव्य दिएको थिए । बिशेष अतिथि नेपाली राजदूतावासका दित्तिय सचिव भोगेन्द्र लिङदेन, प्रमुख अतिथि तथा कार्यवाहक राजदूत श्रीमती विन्दिराशंकर जोशीले शुभकामना मन्तव्य दिदै यायोक्खा कुवेतले गरेको सामाजिक कार्यहरुको प्रशंसा गर्दै आउने दिनमा पनि निरन्तर अगाडी बढ्न शुभकामना दिएर किरात समुदायको यस चाडले बोकेको महत्त्व र पारुहाङ सुम्निमाको बिछोड प्रेमको पनि चर्चा पनि गर्नु भएको थियो ।
यायोक्खाका संरक्षक तथा संस्थापक अध्यक्ष अमीत चाम्लिङ राईले किरात समुदायको इतिहास र ५०७७ वर्षको ’boutमा प्रष्ट पार्दै राज्य सत्ताले विभिन्न कालखण्डमा किरात समुदाय माथि भएको दमन र त्यस विरुद्धको प्रतिगमनको चर्चा गर्दै अहिले संघीय लोकतान्त्रिक गणतन्त्र आइसक्दा पनि आफ्नो हक अधिकार सुनिस्चित र संविधानमा प्रष्ट रुपमा ब्याख्या नभएको तर्क प्रस्तुत गरे । उनले अहिले देशमा स्थानीय निकायको चुनाव चलिरहेको भएपनि सरकारले सिंहदरबार गाउँमा आएको घोषणा गरेको अवस्थामा पनि किरातीहरुको हक र अधिकार सुनिश्चि हुन नसकेको र लाखौं नेपाली विदेशिन वाध्य भएको उल्लेख गरे ।सोही अवसरमा यायोक्खा कुवेतलाई हरेक तह तप्कामा रहेर अहोरात्र खटी यायोक्खालाई योगदान दिने पदाधिकारी , कलाकार , खेलाडी लगायतलाई कदारपत्र र सम्मानपत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
कार्यक्रमको समापन सभापति श्रीमती नैनाकला राईले भौतिक तथा नैतिक रूपमा सहयोग गरि उपस्थिति जनाउने सम्पूर्णलाई धन्यवाद दिदै उभौली शुभकामना दिदै समापन गरेपछी सबै मिलेर साकेला नाच्दै कार्यक्रमको समापन भएको थियो ।
नयाँ निर्वाचित कार्यसमिति:
संरक्षक/सस्थापक अमीत चाम्लिङ राई
प्रमुख सल्लाहकार
रमेश किराँती (चट्याङ)
सल्लाकार
राज कुमार राई
उमेश राई
अध्यक्ष
मन्जित चाम्लिङ राई
बरिस्ठ उपाध्यक्ष
नैनकला राई
उपाध्यक्ष
कोशराज बान्तवा राई
उमेश राई
महासचिव
सुधीर बान्तवा राई
सचिव
पर्वत चाम्लिङ राई
सह-सचिव
कविता बन्तवा राई
कोषाध्यक्ष
अमृत राई
सह-कोषाध्यक्ष
माया साम्पाङ राई
खेल प्रमुख
मोहन नाछिरिङ राई ।
उप-प्रमुख
रविन थुलुङ राई
सांस्कृतिक कलाकार प्रमुख
निर्मला राई
उप-प्रमुख
रिदम बिखिम राई
साकेला सिली संयोजक
पर्वत चाम्लिङ राई
उपसंयोजक
सौगात राई/प्रकाश चाम्लिङ राई
संगठन विभाग प्रमुख
मीन चाम्लिङ राई
उप-प्रमुख राजन चाम्लिङ राई
सदस्यहरु :-
दिल कुमारी राई,बिष्णु नाछिरिङ राई,कबिता लोहोरुङ राई,माया कोयु राई,अनिता खालिङ राई,माया कोयु राई,सुनिता रुपाबुङ राई,नुमा राई,सविन दुमी राई,राजन राई,सुरज राई,भरत राई,सुमन राई,दिक्षा राई,निशा राई,संगिता राई,गिता चाम्लिङ राई,निरु छिलिङ राई,समिक्षा राई,बिनु बोखिम राई,कमला राई,एकराज राई,राजकुमार आठपरिया राई,युबराज राई,प्रेम बन्तवा राई,चण्डीराज राई,महेन्द्र राई,नेहा राई,भुमिराज राई,सुरेश राई,दिल कुमार राई,मणिकुमार राई,सत्यकला राई,दशरथ राई,कुमारी राई,सुजता राई,जुना राई,माया चाम्लिङ राई,शान्ति राई,प्रकाश थुलुङ राई आदि ।