परदेशी खबर/कुबेत
१५ मे, कुवेत। किरात राई यायोक्खा कुवेतको उभौली यले दोङ ५०७७ तथा अधिवेशन कार्यक्रमको तयारी पूरा भएको जानकारि कुबेत नेपालडटकम लाई प्राप्त भएको छ।
१९ मे को दिन कुवेतको ब्यस्त शहर वेडिङ हलमा गर्ने भनिएको कार्यक्रम विविध कारणबस स्थान परिवर्तन गरी सोही दिन जिलिव स्थित पपिन्स हलमा अपरान्ह ठिक १२:०० बजेबाट हुने भएको छ। विभिन्न साँस्कृतिक कार्यक्रमहरुको साथमा हुने कार्यक्रममा आयोजकले कुवेतका सबै संघ संस्थाहरुलाई पत्रचार भैसकेको तर कथमकदाचित पत्र हात पर्न नसकेको भए यसै समाचारलाई आधार मानी उपस्थित भैई दिनहुन सबै सांघ संस्थाका अध्यक्ष/प्रतिनिधि, पत्रकार, कलाकार, समाजसेबी, बुद्धिजीवी तथा कुवेतमा श्रम गरिरहनुभएका तमाम दाजुभाई तथा दिदीबहिनीहरुलाई हार्दिक अनुरोध गरेका छन् ।
किरातीहरुको भाषा, संस्कार संस्कृतिको संरक्षण र संवर्द्धन गर्ने उदेश्यले २०१४ मा गठन गरिएता पनि कुवेतको हकमा किरात राई यायोक्खा कुवेतले त्यसको अलावा कुवेतमै क्रीयाशिल विभिन्न सकृय संघ संस्थाहरुसंग हातेमालो गर्दै धेरै उदाहरणिय कार्यहरु गरिसकेका छ । बर्तमान NRNR/NCC का महासचिव अमीत राइईको नेतृत्वसंगै स्थापना भएको किरायाले हालको आदिवासी जनजाती महासंघ कुवेत शाखाका अध्यक्ष रमेश राईको समेत नेतृत्व पाइसकेको छ। अहिले राजकुमार राई नेतृत्वमा आइपुग्दा अधिवेशन हुन गइरहेको छ।