कुबेत नेपालडटकम
नेपाल कुवेत सरोकार समाज कुवेतद्वारा यहि मे १२ शुक्रबार समीक्षा तथा बनभोज कार्यक्रम हुने भएको छ।
गत अप्रील १४ मा धुर्मुस सुन्तली फाउन्डेसनको सहयोगार्थ नेपालबाट बहु चर्चित अतिथि कलाकारद्वय डम्बर नेपाली र सावित्री जोशीको साथमा सम्पन्न बृहत् साँस्कृतिक कार्यक्रमको विविध कारणबस समीक्षा गर्न ढिलाइ भैरहेकोले बनभोज तथा समिक्षा एकैपटक गर्ने कार्य कारिणी सदस्यहरुको बैठकद्वारा पारित भएको कुरा आयोजक संस्थाका महासचिव राजेन्द्र तामाङले कुबेत नेपालडटकम जानकारी दिएका छन।
महासचिव तामाङले सो कार्यक्रम सुलबिया हिजिल ब्लक १ स्ट्रीट ७ र घर नम्बर ३४८ मा दिउँसो बाह्र बजेबाट हुने बताउँदै कुवेतमा रहेका क्रीयाशिल संघ संस्थाहरुका अध्यक्ष प्रतिनिधि, कलाकार, खेलाडी, पत्रकार तथा म्यानपावर ब्याबसायी सम्पुर्णलाई उपस्थितिको लागि अनुरोध गरेका छन।उनले परिवारका साथमा जान चहानेहरु बिहिवार बेलुका नै पनि गएर आनन्द लिन सक्ने पनि बताएका छन।
कार्यक्रम हुने
मिति: १२ मे २०१७ आगामी शुक्रबार
समय: दिउँसो ठिक १२ बजे
स्थान: सुलाबिय हिजिल, ब्लक १ स्ट्रीट नं ७ घर नं ३४८
सम्पर्क: राजेन्द्र तामाङ 55568447
दिल स्याङ्बो 60982144
राम बहादुर तामाङ 65126488