जेष्ठ १२ बाट इन्डोर क्रिकेट प्रतियोगिता हुने


काठमाडौँ । त्रिभुवन विश्व विद्यालय अन्तर्गतको स्कुल अफ म्यानेजमेन्टमा अध्ययनरत मास्टर्स अफ फाइनान्स एन्ड कन्ट्रोल ९एमएफसी का विध्यार्थीद्वारा इन्डोर क्रिकेट टुर्नामेन्ट आयोजना हुने भएको छ।

सो प्रतियोगितामा व्यवस्थापन सङ्कायका स्नातक तथा र स्नातकोत्तर तहका विदयार्थीले मात्र भाग लिन पाउने छन। चार दिनसम्म चल्ने प्रतियोगिता यही जेष्ठ १२ गते बाट सुरु हुनेछ ।

प्रतियोगितामा सहभागि हुनको लागि फारम भर्न ७ हजार पाँच सय शुल्क राखिएको आयोजकले जनाएको छ । साथै प्रतियोगितामा भाग लिन ईच्छुक विध्यार्थिले आफ्नो क्याम्पस मार्फत पनि सम्पर्क गर्न सकिने जानकारी दिएको छ ।

२४ टोली सहभागी हुने सो प्रतियोगितामा पहिले सहभागी हुन आउनेले पहिलो प्राथमिकता प्राप्त गर्नेछन् ।
प्रतियोगितामा प्रथम हुने टोलीले नगद रु ३५,००० र दोस्रो हुनेले रु २१,००० पुरस्कार प्राप्त गर्नेछन् । साथै, अन्य आकर्षक पुरस्कार, सिल्ड तथा प्रमाणपत्र पनि वितरण गरिने आयोजकले जनाएको छ ।

आयोजकले प्रतियोगितामार्फत युवा विद्यार्थीमा इन्डोर क्रिकेट प्रती रुची बढ्ने र यसले गर्दा सम्पूर्ण नेपाली क्रिकेट जगतलाई टेवा पुग्ने बताए ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )